आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना परीक्षण गराउन टेकुमा एकै दिन ६ सयको भीड, कसको गर्नु कसको नगर्नु !

कोरोना परीक्षण गराउन टेकुमा एकै दिन ६ सयको भीड, कसको गर्नु कसको नगर्नु !

बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गर्न भन्दै करिब ६ सय जना पुगे। भीड बढेपछि अस्पताललाई व्यवस्थापन गर्नै गाह्रो भयो।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गर्न भन्दै करिब ६ सय जना पुगे। भीड बढेपछि अस्पताललाई व्यवस्थापन गर्नै गाह्रो भयो।

टेकु पुगेका मध्ये आधाजतिको मात्र कोरोना परीक्षणका लागि नमुना लिइएको अस्पतालले जनाएको छ। बाँकीलाई परीक्षणको आवश्यकता नदेखिएको भन्दै अस्पतालले फर्काइदिएको छ।

त्यसरी फर्काइनेमा धेरैजसो घरबेटीले कोरोना नभएको प्रमाण ल्याउनू, अनिमात्रै घरमा बस्न दिन्छौं भनेपछि टेकु पुगेका थिए। अन्य अस्पतालमा अरु नै समस्याले भर्ना भएका बिरामी पनि कोरोना परीक्षण गराउन पुगेका थिए।

दुई महिनादेखि टेकु अस्पताल कोरोना परीक्षण र उपचारमा केन्द्रित छ। त्यहाँका बिरामीहरुलाई अन्य अस्पतालमा पठाइएको छ।

मानिसको चाप बढी भएपछि अस्पतालले व्यवस्थापनमा असहज भएको जनाएको छ। ‘आवश्यक नभएका पनि आउँदा हामीलाई व्यवस्थापनमा गाह्रो भएको छ,’ अस्पतालका निर्देशक सागर राजभण्डारीले भने, ‘सुरक्षाकर्मी, पत्रकार, सकारका उच्च पदस्थ कर्मचारीहरु पनि आएका छन्। ५ महिनादेखि काठमाडौं बाहिर नगएका पनि परीक्षण गरिदिनु भन्दै आउँछन्।’

बुधबार काठमाडौंमा ३ जना संक्रमित देखिएपछि टेकुमा भीड बढेको हो। अस्पताल पुग्नेहरु संक्रमित जिल्लाबाट आउनेहरु तथा उपत्यकामै रहनेहरु पनि छन्।

‘सबैको परीक्षण गर्न सके त राम्रो हो। तर, सकिँदैन। कसको गर्नु, कसको नगर्नु ?’ निर्देशक भण्डारी भन्छन्।

प्रकाशित: May 14, 2020| 19:55 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।