आइतबार, भदौ ७, २०८३

सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नेभएको छ। स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पीसीआर विधिबाट परीक्षण गरिने मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले जानकारी दिए। उनका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण सुरु गरिएको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नेभएको छ। स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पीसीआर विधिबाट परीक्षण गरिने मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले जानकारी दिए। उनका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण सुरु गरिएको छ।

यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोरोना परीक्षण गर्ने भएको छ। बन्दाबन्दी (लकडाउन) को समयमा पनि काममा खटिरहेकाले उनीहरु सबैको परीक्षण गरिने कार्कीले बताए। यसका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ। केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोरोनाको संक्रमण देखिएको थियो।

यसैगरी मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्नेभएको छ। यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पीसीआर विधिबाट परीक्षण गर्ने कार्कीले जानकारी दिए।

प्रकाशित: May 14, 2020| 18:56 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।