आइतबार, भदौ ७, २०८३

लकडाउन झन् कडा, ७७ वटै जिल्लाबाट जारी पास खारेज

गृह मन्त्रालयले सवारी आवागमनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी सबै पास खारेज गरेको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं- गृह मन्त्रालयले सवारी आवागमनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी सबै पास खारेज गरेको छ।

जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धित जिल्लाभित्र र बाहिर आवागमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयले जनाएको छ।
अबदेखि गृह मन्त्रालयको अनुमतिमा मात्रै पास दिइनेछ। यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जाने पास पनि खारेज गरिएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए।

उनले जिल्लाभित्रै एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी दिइएका पास शनिबारदेखि लागू हुने गरी खारेज गरिएको बताए। उनका अनुसार याे नियम काठमाडाैं उपत्यकाकाे हकमा पनि लागू हुनेछ।

सञ्चाकर्मीले भने सूचना विभागबाट जारी पास लिएर आवागमन गर्न पाउनेछन्। काठमाडाैं उपत्यकामा पनि काेराेना भाइरस संक्रमण देखिन थालेपछि लकडाउन थप कडा गर्न यस्ताे निर्णय लिइएकाे बताइएकाे छ।

प्रकाशित: May 14, 2020| 18:15 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।