आइतबार, भदौ ७, २०८३

कोरोनाले छोयो २२ जिल्ला, पुरुष बढी संक्रमित

नेपालमा हालसम्म कोरोना भाइरस रोगको संक्रमण पुरुषलाई धेरै देखिएको छ। कुल २४६ संक्रमित मध्ये पुरुषको संख्या १९८ र महिलाको संख्या ४८ रहेको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं - नेपालमा हालसम्म कोरोना भाइरस रोगको संक्रमण पुरुषलाई धेरै देखिएको छ। कुल २४६ संक्रमित मध्ये पुरुषको संख्या १९८ र महिलाको संख्या ४८ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले ६ वटा प्रदेशका विभिन्न २२ जिल्लामा संक्रमितहरु रहेको जानकारी दिए। हालसम्म कर्णली प्रदेशमा कुनैपनि संक्रमित भेटिएका छैनन् भने प्रदेश १ का ३ जिल्ला, प्रदेश २ का ७ जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकीको २ जिल्ला, प्रदेश ५ का ५ जिल्ला र सुदूरपश्चिमको २ जिल्लामा संक्रमितहरु देखा परेका छन्।

त्यस्तै नेपालमा माघ १४ गतेबाट हालसम्म पीसीआरबाट २२ हजार ६६४ र र्यापिड डायग्नोष्टिक टेस्टबाट ६२ हजार ३२७ जनाको कोरोना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए। देशरभर क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन् भने २७२ जना आइसोलेसनमा रहेका छन्।

प्रकाशित: May 14, 2020| 17:54 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।