आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिम सेतीकाे खाेजी गर्दै डाेटीमा दिउँसै बालियाे ७५० टुकी

पश्चिम सेतीकाे खाेजी गर्दै डाेटीमा दिउँसै बालियाे ७५० टुकी

‘सेती हरायो, सरकार हरायो’ भन्दै डोटीमा दिउँसै ७ सय ५० टुकी बालेर स्थानीयले सरकारको खोजी गरेका छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

डोटी- ‘सेती हरायो, सरकार हरायो’ भन्दै डोटीमा दिउँसै ७ सय ५० टुकी बालेर स्थानीयले सरकारको खोजी गरेका छन्।

राष्ट्रिय गौरवको योजना पश्चिम सेती बनाउने तीन दशकदेखिकाे सरकारी आश्वासन पूरा नभएको विराेधमा बोलन्या थलीले सांकेतिक विरोधस्वरुप दिउँसै सडकमा टुकी बालेर सरकारको ध्यानाकर्षण गराएको हो।

दिपायलस्थित सेती नदीमाथि बनेको पक्की पुलमा टुकी बालिएको थियाे। 'यसपालिको बजेटमा पनि पश्चिम सेती किन समेटिएन? पश्चिम सेती योजना किन हरायो? सरकार कहाँ हरायो?' भन्दै सरकार तथा योजनाको खोजीमा ७ सय ५० टुकी बालेर सरकारको खोजी गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

नेताहरुले चुनावी मुद्दाका रुपमा मात्रै पश्चिम सेती योजनालाई प्रयोग गर्ने गरिएको बताउँदै जोशीले हरेक सरकारले पश्चिम सेती बनाउने आश्वासन मात्रै दिने गरेको बताए।

‘सुदूरपश्चिमबाट धेरै जना मन्त्री प्रधानमन्त्री भए तर, कसैले पहल गरेन, सरकारमा रहेका नेताहरुले योजनाबारे रणनीतिक समन्वयकारी भूमिका खेल्न सकेका छैनन्’ जोशीले भने, ‘संसदमा यो विषय नै उठाइएको छैन।’

आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ? आजको रोगलाई त जिताैंला भोलिको भोकलाई के गरौंला? रिभर्स माइग्रेसनको व्यवस्थापन गरौं भन्ने नारा सहित बोलन्या थलीले यसअघि पनि पश्चिम सेती निर्माणका लागि विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ।

नेपाली कांग्रेस डोटीका सदस्य जित खड्काले राष्ट्रकै गौरवको योजना पश्चिम सेतीलाई प्राथमिकता दिनुपर्ने बताए।

कार्यक्रममा डोटीका राजनीतिक दल, उद्योग व्यवसायी, बिद्यार्थी संगठन, नागरिक समाज लगायतले ऐक्यबद्धता जनाएका छन्।

प्रकाशित: May 14, 2020| 17:34 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।