आइतबार, भदौ ७, २०८३

कोरोना संक्रमणको जोखिम बढेपछि धादिङ जिल्ला 'सिल'

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि धादिङ जिल्ला सिल गरिएको छ। यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ। आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं - कोरोना भाइरसको जोखिम बढ्दै गएपछि धादिङ जिल्ला सिल गरिएको छ। यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ। आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।

भारतबाट अत्यावश्यक सामग्री लिएर आएका सवारी साधनको निगरानी पनि बढाइएको छ। खाना, खाजा खान राजमार्गका विभिन्न स्थानमा सवारी साधन रोकिँदा स्थानीयवासीमा संक्रमण बढ्न सक्ने आशंकामा सवारी साधन रोक्न निषेध गरिएको खड्काले बताए।

कोरोनाको जोखिम बढ्न नदिन जिल्लालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिए। जिल्ला सुरक्षित भएको र अब पनि सुरक्षित राख्न पहिलो चरणमा यही जेठ ५ गतेसम्मलाई सिल गरिएको छ। त्यसपछि अवस्था हेरेर अघि बढ्ने योजना रहेको तामाङले बताए।

अन्य जिल्लाबाट धादिङ प्रवेश गर्न पुरानो सवारी पास लिएर आउनेलाई नाकाबाट फर्काइएको छ। काठमाडौं जानका लागि अतिआवश्यक सामान लिएर धादिङको बाटो प्रयोग गर्नेलाई सवारी साधन रोक्न निषेध गरिएको छ। नियमित प्रहरीको गस्ती पनि बढाइएको छ।

प्रकाशित: May 14, 2020| 16:39 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।