आइतबार, भदौ ७, २०८३

कोरोना परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश

कोरोना भाइरस संक्रमणको दर बढ्दै गइरहेका बेला सर्वोच्च अदालतले सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमणको दर बढ्दै गइरहेका बेला सर्वोच्च अदालतले सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ।

तत्काल रोग नियन्त्रण गरी आमनागरिकको जीवनरक्षा गर्नुपर्ने अवस्था देखिएको भन्दै सर्वोच्चले तत्काल पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले परीक्षण किटको अभाव नहुनका लागि आवश्यक पहल ग
र्न पनि आदेश दिएको छ।

अधिवक्ता कमलबहादुर खत्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै शर्माले उक्त आदेश गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

रिट निवेदनमाथि अधिवक्ताहरु सन्तोष भण्डारी, लक्ष्मी नानी थापा, सुजन नेपाल, नवराज पाण्डेलगायतले बहस गरेका थिए।

 

प्रकाशित: May 14, 2020| 16:15 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।