आइतबार, भदौ ७, २०८३

दैलेखमा सकियो चामल

जिल्लाभरको खाद्यान्न संकट समाधानका लागि स्थापना भएको दैलेखको खाद्य डिपोमा आएको यो वर्षको कोटाअनुसारको चामल वैशाखमै सकिएको छ। लकडाउनका कारण र खाद्यान्न संकट बढ्न थालेपछि गोदामबाटै धमाधम चामल बिक्री भएको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

दैलेख - जिल्लाभरको खाद्यान्न संकट समाधानका लागि स्थापना भएको दैलेखको खाद्य डिपोमा आएको यो वर्षको कोटाअनुसारको चामल वैशाखमै सकिएको छ। लकडाउनका कारण र खाद्यान्न संकट बढ्न थालेपछि गोदामबाटै धमाधम चामल बिक्री भएको छ।

सदरमुकामभन्दा सस्तोमा गुणस्तरीय चामल पाएपछि जनतालाई राहतसमेत भएको छ। वैशाखसम्म आएको दुई हजार २०० क्विन्टल चामलमध्ये दुई हजार क्विन्टल चामल बिक्री भइसकेको छ। बचेको २०० क्विन्टल चामल आपतकालीन अवस्था र कारागारका लागि मौज्दात राख्नुपर्ने देखिएपछि चामलको कोटा थप गर्न सम्बन्धित स्थानमा दैलेख शाखाले परिपत्र गरिसकेको संस्थानका प्रमुख रणबहादुर ऐरीले जानकारी दिए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेख शाखामा यो वर्षका लागि दुई हजार २०० क्विन्टल कोटा निर्धारण गरिएको थियो। कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउनको घोषणा गरेसँगै बजारमा भन्दा खाद्य संस्थानमा सस्तो र राम्रो चामल पाइएपछि खरिद गर्नेहरुको संख्या एक्कासी बढेको थियो। रासस

प्रकाशित: May 14, 2020| 14:34 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।