आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रालय अगाडिको चौरमा मकै रोप्दै कृषि ‘क्रान्ति’मा कर्णाली प्रदेश

मन्त्रालय अगाडिको चौरमा मकै रोप्दै कृषि ‘क्रान्ति’मा कर्णाली प्रदेश

‘खाद्य सुरक्षाको लागि उत्पादन विशेष अभियान’को मकै रोप्दै मुख्यमन्त्री शाहीले उद्घाटन गरे।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं– कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भन्दै सूर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडिको चौर जोतिएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालगायतको उपस्थितमा मन्त्रालय अगाडिको चौर ट्याक्टरले जोतेको हो।

‘खाद्य सुरक्षाको लागि उत्पादन विशेष अभियान’को मकै रोप्दै मुख्यमन्त्री शाहीले उद्घाटन गरे।

यसअघि दुबोसहितको उक्त बगैंचामा मकै रोपिएको छ।

जमिन बाँझो नराख्ने अभियान आफैंबाट सुरू गर्न खाली ठाउँमा खेती गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्री जवालाले नेपाल समयलाई जानकारी दिए।

उनले भने, “जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऔं नारासहित अभियान प्रदेशभर लागू हुन्छ।”

प्रकाशित: May 14, 2020| 14:45 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।