आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमामा अलपत्रलाई व्यवस्थित रुपमा प्रवेश गराऊ : कांग्रेस

सीमामा अलपत्रलाई व्यवस्थित रुपमा प्रवेश गराऊ : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सीमा अलपत्र नागरिकलाई व्यवस्थित रुपमा स्वदेश प्रवेश गराउन सरकारलाई आग्रह गरेको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सीमा अलपत्र नागरिकलाई व्यवस्थित रुपमा स्वदेश प्रवेश गराउन सरकारलाई आग्रह गरेको छ।

भारतबाट स्वदेश भित्रिरहेका नेपालीलाई व्यवस्थित रूपमा प्रवेश गराएर अनिवार्य स्वास्थ्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन कांग्रेसले सरकारलाई आग्रह गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत भारतबाट आउने नेपालीलाई व्यवस्थित प्रवेश गराएर क्वारेन्टाइनमा कडाइ र अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन्।

‘भारत सरकारले सीमामा ल्याएका, ल्याइरहेका नेपालीलाई व्यवस्थित प्रवेश, क्वारेन्टाइनमा कडाइ र अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन देशले तीव्रता तर बुद्धिमत्तासाथ कार्य गर्न जरुरी छ’, शर्माले ट्विटरमा लेखेका छन्।

यस्तै शर्माले भारतबाट आइरहेका नेपालीका लागि सरकारले आवश्यक रकम पठाउनुपर्ने छन्। ‘केन्द्र सरकार पैसा पठाऊ, प्रदेशले यातायात प्रबन्ध र स्थानीयले क्वारेन्टाइन व्यवस्थित गर’, शर्माले भनेका छन्।

सरकारले लकडाउन गर्दा भारतबाट फर्किनेहरु सीमामै अलपत्र परेका छन् भने कतिपय लुकिछिपी नेपाल प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम बढिरहेको छ।

पछिल्लो समय तराइका जिल्लामा भेटिएका अधिकांश कोरोना संक्रमितहरु लकडाउनको बेला भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका तथा उनीहरुबाट सरेकाहरु अत्यधिक छन्।

प्रकाशित: May 14, 2020| 14:30 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।