काठमाडौं- पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका ३५ वर्षीय कोरोना संक्रमित युवक मामा घरमा लुकेको अवस्थामा पक्राउ परका छन्।
अस्पतालको आइसोलेसन वार्डबाट बुधबार भागेका दुई जनामध्ये एक जनालाई प्रहरीले बिहीबार मामाघरबाट पक्राउ गरेको हो।
एक जना भने बुधबार नै पक्राउ परिसकेका छन्।
पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले संक्रमित युवकलाई हरिहर पुल नजिक रहेको मामाघरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिइन्।
‘हिजै फेला परेका युवक लागूऔषध प्रयोगकर्ता रहेछन्, दुबै जनाले सल्लाह नै गरेर भागेका रहेछन्’ पन्तले भनिन्‘ पक्राउ परेका दुवै जनाको नारायणी अस्पतालमै राखेर उपचार भैरहेको छ।’