आइतबार, भदौ ७, २०८३

नयाँ गीत लिएर आशा भोसले पनि आइन् युट्युबमा

आशा भोसलेले नेपाली गीतहरु पनि गाएकी छन्। उनको आवाजमा करिब ६० वटा नेपाली गीत रेकर्ड भएका छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

प्रख्यात गायिका आशा भोसले युट्युबमा आएकी छन्। गुरु रुवीशंकरको जन्मदिनको अवसरमा नयाँ गीत अपलोड गर्दै उनले युट्युब च्यानल सुरु गरेकी हुन्।

रवीशंकरको ६४ औं जन्मदिनमा आशाले ‘मै हुँ...’ बोलको गीत ल्याएकी छन्। अहिलेसम्म उनको आफ्नै युट्युब च्यानल थिएन।

उक्त गीत गुरु रवीशंकरलाई समर्पण गरेको आशाले बताएकी छन्। भिडियोमा रवीशंकरलाई पनि देखाइएको छ। रवीशंकरको जन्मदिन मे १३ मा पर्छ। 

आशाले ट्विटरमा गीत सेयर गर्दै लेखेकी छन्, ‘मेरो नयाँ युट्युब च्यानलबाट यो गीत प्रिमियर गरिरहेकी छु। मैले गाएको यो गीत श्रीश्री रवीशंकरजीको जन्मदिनको गीत हो। म मेरा व्यक्तिगत कथा, रेकर्डिङ अनुभव र धेरै कुराहरु मेरो च्यानलमा केही समयपछि सेयर गर्दै जानेछु।’

रवीशंकरको जन्मदिनमा नयाँ गीतसँगै युट्युब च्यानल विश्वव्यापी रुपमा लन्च गर्न पाउँदा धेरै खुसी लागेको उनले बताएकी छन्।

त्यस्तै उनले आफ्नो च्यानलसँग जोडिनका लागि पनि अनुरोध गरेकी छन्। उनले केही समयअघि युट्युब च्यानल बनाएको जानकारी दिँदै नयाँ गीत चाँडै प्रिमियर गर्ने बताएकी थिइन्।

आशा भोसलेले नेपाली गीतहरु पनि गाएकी छन्। उनको आवाजमा करिब ६० वटा नेपाली गीत रेकर्ड भएका छन्।

उनी गएको पुसमा काठमाडौं आएकी थिइन्। सोल्टी क्राउन प्लाजामा भएको कार्यक्रममा उनले नेपाली तथा हिन्दी गीतहरु गाएकी थिइन्।

 

प्रकाशित: May 14, 2020| 13:35 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।