आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महामारीले विश्वव्यापी मानसिक संकट ल्याउन सक्ने डब्ल्यूएचओको चेतावनी

महामारीले विश्वव्यापी मानसिक संकट ल्याउन सक्ने डब्ल्यूएचओको चेतावनी

विशेषज्ञहरुले कोरोना महामारीले विश्वस्तरमै मानसिक स्वास्थ्यमा पनि संकटको स्थिति आउने बताएका छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

एजेन्सी- विशेषज्ञहरुले कोरोना महामारीले विश्वस्तरमै मानसिक स्वास्थ्यमा पनि संकटको स्थिति आउने बताएका छन्।

डब्ल्यूएचओको मानसिक स्वास्थ्य विभागले संयुक्त राष्ट्रसंघलाई बुझाएको प्रतिवेदनमा विश्वभर मानसिक स्वास्थ्यमा संकट आउने चेतावनी दिइएको हो।

मानसिक स्वास्थ्य विभागका निर्देशक डेवोरा केस्टलका अनुसार महामारीका कारण सिर्जित एकांकीपन, डर, अनिश्चितता, आर्थिक उथलपुथलले गर्दा विश्वभरमै ठूलो जनसंख्यामा मानिसक स्वास्थ्यमा समस्या आउने छ।

उनले भनेकी छन्, ‘बालबालिका, युवा र स्वास्थ्यकर्मीमा समेत मानसिक कमजोरी देखिनसक्छ। यसको समाधानलाई पनि प्राथमिकता दिइनुपर्छ।’

यसअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एचाआईभी जस्तै कोरोना भाइरस पनि सधैंका लागि मानव सभ्यताको हिस्सा बन्न सक्ने बताएको थियो।

बुधबारको प्रेस ब्रिफिङमा डब्ल्यूएचओका विशेषज्ञ माइक रेयानले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी गर्नु उपयुक्त नहुने भनेका छन्। उनले भने,  ‘स्पष्ट भन्न जरुरी छ, महामारी फैलाउने अन्य भाइरसजस्तै यो भाइरस पनि सधैँ हामीसँगै रहन सक्छ। हुन सक्छ यो कहिल्यै उन्मुलन नहोओस्।’

उनले भाइरस विरुद्धको खोप बनिहाले पनि त्यसका लागि समय लाग्ने र नियन्त्रणका लागि ठूलो प्रयास चाहिने बताएका छन्।
जेनेभामा उनले भने, ‘यो एचआईभी जस्तै हुनसक्छ,, एचआइभी उन्मुलन भएको छैन तर, हामी त्योसँग बसिरहेका छौं।’ उनले खोप बनिहाले पनि दादुरा जस्ता अन्य रोगहरू नहराएको स्मरण गराएका थिए।

 

प्रकाशित: May 14, 2020| 13:00 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।