नवलपुर– पूर्वी नवलपरासीस्थित देवचुलीका कोरोना संक्रमित भारतबाट लुकेर नेपाल प्रवेश गरेको खुलेको छ ।
संक्रमित ब्यक्ति भारतको कलकत्ताबाट सात दिन पहिले वीरगञ्ज रक्सौल नाका हुदै चितवन पुगेको प्रहरी अनुसन्धानले देखाएको छ ।
उनी चितवन आएको भोलिपल्ट क्वारेन्टिनमा राखेर कोरोना परिक्षणका लागि स्वाव निकालिएको थियो । उनमा कोरोना पोजिटिभ देखिएपछि अहिले भरतपुर कोरोना अस्पतालमा भर्ना गरिएको छ ।
यी संक्रमित भेटिएसँगै नवलपरासी पनि कोरोनाबाट प्रभावित जिल्लाको सूचीमा परेको छ ।
यसअघि भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका रुपन्देहीका १६ र कपिलवस्तुका १५ जना कोरोना संक्रमण देखिएको थियो ।
प्रहरीले सीमामा कडाइ गरेपनि दैनिक दर्जन बढि ब्यक्ति सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् ।