आइतबार, भदौ ७, २०८३

भीम अस्पताललाई रायमाझीले दिए स्वास्थ्य सामग्री

भैरहवाको भीम अस्पताललाई युवा व्यवसायी सुनिल रायमाझीले स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

भैरहवा- भैरहवाको भीम अस्पताललाई युवा व्यवसायी सुनिल रायमाझीले स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

रायमाझीले स्वास्थ्यकर्मीको प्रयोजनार्थ ५ थान पीपीई, एक हजार थान मास्क, एक थान थर्मल गन र ग्लोब्स सहयोग प्रदान गरेका हुन्।

अस्पतालको सेवा प्रभावकारी बनाउन रायमाझीले दिएको सहयोग उल्लेखनीय रहेको अस्पताल सञ्चालक समिति सदस्यसमेत रहेका सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले बताए। उनले भने, ‘यो महामारीविरुद्धको युद्धमा सबैको एकता जरुरी छ। सबैको सहयोगले नै कोरोना जित्न सकिन्छ।’

उक्त अस्पताल प्रदेश ५ को कोरोना विशेष अस्पताल हो। होटल निर्वाणाका अध्यक्ष रायमाझीले भने, ‘सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हुँ। भविष्यमा पनि सकेको सहयोग गर्न तयार छु।’

कोरोना भाइरस उपचारका लागि २८ शय्या रहेको उक्त अस्पतालमा अहिले १९ जना कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए।

तीनवटा भेन्टिलेटरसहित ५ शय्या आईसीयू रहेको उक्त अस्पतालमा ३० जना स्वास्थयकर्मी कार्यरत छन्। यो रुपन्देही जिल्लाको सबैभन्दा पुरानो अस्पताल हो।

प्रकाशित: May 14, 2020| 11:28 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।