आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमितको विवरणमा त्रुटि, स्वास्थ्य मन्त्रालयले स्विकार्‍यो गल्ती

संक्रमितको विवरणमा त्रुटि, स्वास्थ्य मन्त्रालयले स्विकार्‍यो गल्ती

कोरोना संक्रमितको संख्या अध्यावधिक गर्न त्रुटि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकार गरेको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

जनकपुरधाम- कोरोना संक्रमितको संख्या अध्यावधिक गर्न त्रुटि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकार गरेको छ।

बिहीबार बिहान ७ः४५ बजे मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी ‘अध्यावधिक विवरणअनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २५०’ पुगेको बताएका थिए।

तर, पहिलो विज्ञप्ति जारी गरेको केही बेरपछि १०ः१५ बजे मन्त्रालयले पुनः अर्को विज्ञप्ति जारी गरी ‘पछिल्लो अध्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको’ जनाएको छ।

वैशाख ३० गते भेटिएका धनुषा, महोत्तरी र सर्लाही गरी पाँचजना कोरोना संक्रमितको पुरानै तथ्यांक समावेश गरेर मन्त्रालयले बिहीबार पुनः विज्ञप्ति जारी गरेपछि अन्योल बढेको थियो ।

मन्त्रालयले बिहीबार बिहान प्रदेश २ को महोत्तरी निवासी १६ र ३५ वर्षीय पुरुषहरु, धनुषा निवासी २० वर्षीया महिला र ४० वर्षीय पुरुष र सर्लाही निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको र कुल संक्रमितको संख्या २५० पुगेको जनाएको थियो।

प्रकाशित: May 14, 2020| 11:10 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।