आइतबार, भदौ ७, २०८३

काठमाडौंमा १० हजारको कोरोना परीक्षण गरिँदै

सरकारले उपत्यकामा रहेका १० हजार जनाको कोरोना भाइरस (कोभिड–१९) परिक्षण गर्ने भएको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं– सरकारले उपत्यकामा रहेका १० हजार जनाको कोरोना भाइरस (कोभिड–१९) परिक्षण गर्ने भएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार उपत्यकामा आजदेखि कोरोना भाइरस संक्रमणको जोखिम क्षेत्रमा रहेका र जोखिममा रहेका व्यक्तिको परीक्षण गरिँदैछ।

उनका अनुसार पीसीआर (थ्रोट स्वाब) र आरडीटी (द्रूत परीक्षण) विधिबाट परीक्षण गरिनेछ । यस्तै, कोरोनाका लागि फ्रन्टलाइनमा रहेर काम गरेका स्वास्थ्यकर्मी, फोहोर व्यवस्थापनमा जुटेका कर्मचारी, व्यापारी लगायतको परीक्षण गरिने उनले बताए।

श्रेष्ठका अनुसार ३३ प्रतिशतको पीसीआर र बाँकीको आरडीटी गरिनेछ।

प्रकाशित: May 14, 2020| 09:54 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।