आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट एकै दिनमा १३६ को मृत्यु, संक्रमित ७८ हजार नाघ्यो

भारतमा कोरोनाबाट एकै दिनमा १३६ को मृत्यु, संक्रमित ७८ हजार नाघ्यो

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा (बुधबार) १३६ जनाको मृत्यु भएको छ ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा (बुधबार) १३६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २५ जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो दुई सातायता प्रत्येक दिन औसतमा ३ हजार ५ सयभन्दा बढि नयाँ संक्रमित भेटिने गरेको छ ।

मृत्युदर बढ्दै गएको भारतमा बुधबार १३६ जनाको मृत्यु भएको थियो भने मंगलबार १२० जनाले ज्यान गुमाएका थिए । सोमबा ८१ जनाको मृत्यु भएको थियो ।

भारतमा अहिलेसम्म कोरोनाबाट ७८ हजार ५५ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ ।

संक्रमित र मृतक सबैभन्दा बढि महाराष्ट्रमा रहेका छन् । जहाँ २५ हजार ९ सय २२ जना संक्रमित भएका छन् भने ९ सय ७५ जनाको मृत्यु भएको छ ।

दोस्रो बढि प्रभावित राज्य गुजरातमा ९ हजार २ सय ६८ जना संक्रमित छन् भने ५ सय ६६ जनाको मृत्यु भएको छ । यस्तै तमिलनाडुमा ९ हजार २ सय २७ जना संक्रमित भएका छन् भने ६४ जनाको मृत्यु भएको छ ।

दिल्लीमा ७ हजार ९ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ६ जनाको मृत्यु भएको छ । राजस्थानमा ४ हजार ३ सय २८ संक्रमित भएका छन् भने १ सय २१ जनाको मृत्यु भएको छ ।

प्रकाशित: May 14, 2020| 09:36 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।