काठमाडौं– कपिलवस्तुकी ६ वर्षीय संक्रमित बालिका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेको खुलेको छ।
अस्पतालका निर्देशक प्रा.डा. प्रेम खड्काका अनुसार बालिकालाई इएन्टी वार्डमा भर्ना गरेर उपचार भइरहेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार (आज) बिहान बालिकालाई संक्रमण पुष्टि गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबार बिहानसम्म दुई सय ५० जनामा संक्रमण पुष्टि भइसकेको छ।