सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालमै बसेर युरोपमा प्रतिस्पर्धा, पपुलर खेलाडी बन्लान् प्रेम ?

नेपालमै बसेर युरोपमा प्रतिस्पर्धा, पपुलर खेलाडी बन्लान् प्रेम ?

नेपालमा बसेर युरोपमा प्रतिस्र्धा गर्न पाउँदा गर्वको महशुस गरेको प्रेम बताउँछन्। त्यसमाथि विश्व च्याम्पिनयसिप। रमाइलो नलाग्ने त कुरै भएन।
 |  बिहीबार, जेठ १, २०७७
nespernesper

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, जेठ १, २०७७

vianetvianet

सामुन्ने प्रतिस्पर्धी नभए पनि भएजस्तै गरेर किक, बक्सर हान्ने र डिफेन्स गर्दै खेलिने तेक्वान्दो अन्तर्गतको खेल हो– पुम्से। यही खेलबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग)) नेपालले १३ पदक प्राप्त गरेको थियो।

पदकधारीमध्येका एक हुन् प्रेम बहादुर लिम्बू। उनले ग्रुप पुम्सेमा काश्य पदक जितेका थिए।

स्थायी घर संखुवासभा पाँच खोपाङ नगरपालिका–३ भएका प्रेम अहिले आफ्नो सानो परिवारसँगै महाराजगन्जस्थित कोठामा बस्दै आएका छन्। उनका आमाबुबा–दाजुभाइ भने संखुवासभामै छन्। उनी कामको सिलसिलामा काठमाडौं आए। त्यसपछि तेक्वान्दो (पुम्से)को राष्ट्रिय खेलाडीका रुपमा खेल्न थाले।

२०७२ सालसम्म प्रेमलाई तेक्वान्दोबारे थाहा नै थिएन। त्यतिबेला उनी २२ वर्षका थिए। त्यसबेलासम्म प्रेमले तेक्वान्दो खेलाडी बन्छु भनेर सोचेकै थिएनन्। भन्छन्, ‘तर, गर्दैभन्दै लाँ’दा भइँदो रहेछ। सुरुमा तेक्वान्दो भन्ने नै थाहा थिएन। विस्तारै सुरु गरियो। अहिले त यसमा राष्ट्रको प्रतिनिधित्व गरेर खेल्ने भइसकिएछ।’

उनले २०७३ साल जेठबाट तेक्वान्दोको यात्रा सुरु गरे। पहिला अरुले झैं बेसिक टे«निङ गरे। उनलाई सुरुमै फाइटमा जान अप्ठ्यारो भएकाले पुम्सेतर्फ लाग्न गुरुहरुले सल्लाह दिएका थिए। पुम्सेमा फाइट हुँदैन। यसमा सीप देखाउने मात्र हुन्छ।

National life insurance

त्यही सल्लाह अनुरुप उनी पुम्सेमा लागे। ‘सुरुमै फाइट गर्न गाह्रो हुने गुरुहरुले बताउनुभयो। फाइटबाट सुरु गर्यो भने इन्ज्युरी हुने सम्भावना हुन्छ। उहाँहरुले नै तिमी पुन्से गर्नु– अनि अलिक जान्ने भएपछि फाइट गर्नुपर्छ भनेर हौसला दिनुभयो,’ उनी सुनाउँछन्।

बेसिक प्रशिक्षण सुरु गर्दाका बखत उनी रामजी प्रसाद दाहाल, सुरेन्द्र कुमार खड्गीबाट प्रशिक्षित भएका थिए। तर अहिले उनको कोर्ष एडभान्समा पुगिसक्यो। ‘अहिले गरेको एडभान्स ट्रेनिङ हो। यो ट्रेनिङ ६–६ महिनामा खुल्छ। त्यसैमा नाम हालेर म यहाँसम्म आइपुगेको हो,’ उनले भने।

तीन वर्षको दौरानमा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसर भने पाइसकेका छन्। उनले जति खेले त्यसबाट केही न केही सिके। भर्खरै सम्पन्न पहिलो अनलाइन डेडो युरोयिपन पुम्से च्याम्पिनयसिपबाट पनि उनले अनलाइन प्रतियोगिताको बारेमा धेरै कुरा सिकेको बताउँछन्।

तर त्योे च्याम्पिनयसिपमा उनीहरुले १५ दिनमात्र प्रशिक्षणको अवसर पाए। ‘लामो समयसम्म प्रशिक्षण गर्न नै पाइएन। दुई साता अघि मात्र थाहा भयो। र, सुरु गरिहाल्यौँ। कोरोनाको जोखिमका कारण सामाजिक दुरी कायम राखेर ट्रेनिङ गरियो। त्योभन्दा अघि प्रतियोगिताकै लागि भनेर प्रशिक्षण गरिरहेका थिएनौं। त्यसैले सामान्य व्यक्तिगत

प्रशिक्षणमा मात्र सीमित थियौं,’ उनी सुनाउँछन्, ‘त्यो मेरो लागि एकदमै नौलो प्रतियोगिता थियो।’ यसबाट प्रतियोगिता नभए पनि प्रशिक्षण छुटाउन नहुने ज्ञान पाएको उनी सुनाउँछन्।

त्यसैले अहिले उनीहरु प्रतियोगिता नभए पनि प्रशिक्षण गरिरहेका छन्। विहान २ घण्टा र साँझ दुई घण्टा गरेर दिनको ४ घण्टा प्रशिक्षण गर्ने गरेको उनले फोनमा सुनाए। उनीसँगै अन्य ५ खेलाडी पनि प्रशिक्षणमै छन्।

अहिले उनीहरुलाई प्रशिक्षणमा साथ दिने कोरियन गुरु कोनियोङ दल छन्। त्यस्तै लक्ष्मण बहादुर ऐरले पनि प्रशिक्षण गराइहेका छन्।

लक्ष्मण पनि प्रेम निकै प्रतिभावन खेलाडी भएको बताउँछन्। ‘उनी अरु खेलाडीभन्दा बढी मेहनति छन्। शरीरलाई आवश्यक कसरत गरिरहन्छन्। प्रशिक्षण नभएको समयमा पनि उनको फिटनेसमा खासै तलमाथि हुँदैन,’ लक्ष्मणले भने, ‘उनी खेलप्रति डिभोटी खेलाडी हुन्। र, महत्वाकांक्षी छन्।’

युरोपमा प्रतिस्पर्धा

भर्खरै सकिएको अनलाइन पुम्से च्याम्पियनसिपमा उनले सेमीफाइनलसम्मको यात्रा गरे। उनीसँगै कमल श्रेष्ठ र जितबहादुर बोटेले पनि सेमीफाइनलसम्मको यात्रा गरेका थिए। त्यस प्रतियोगितामा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरे।

अहिले फ्रान्समा पुम्सेको विश्व च्याम्पियनसिप चलिरहेको छ। त्यो प्रतियोगितामा पनि प्रेम सहभागी बनेका छन्। उनीसँगै नेपालका ७ खेलाडीले यो प्रतियोगितामा भाग लिएका छन्।

त्यसैले एक महिनामै दुई ठूलो युरोपका प्रतिपस्र्धामा प्रेम प्रतिस्पर्धी बनेका छन्। त्यसमाथि नेपालमै बसेर।

नेपालमा बसेर युरोपमा प्रतिस्र्धा गर्न पाउँदा गर्वको महशुस गरेको बताउँछन्। त्यसमाथि विश्व च्याम्पिनयसिप। रमाइलो नलाग्ने त कुरै भएन।

भन्छन्, ‘प्रतियोगितामा सहभागी हुन पाउँदा एकदमै खुसी छु। म १३ औं सागको मेडल विजेता पनि हुँ। राम्रो तयारी गरेर भिडियो पठाएका छौं, नतिजा राम्रो आउला भन्ने आशा छ।’

विश्व च्याम्पिनयसिप मे १० बाट सुरु भएर मे १५ सम्पन्न हुने छ। तर यसमा लाइभ भिडियो हेर्ने व्यवस्था आयोजकले गरेको छैन। प्रतियोगितामा सहभागी बन्नको लागि आफ्नो पुम्सेको भिडियो बनाएर आयोजकले जारी गरेको लिंकमा पठाउनुपर्छ।

मस्ट पपुलर खेलाडीको लिस्टमा प्रेम

युरोपियन पुम्से च्याम्पियनसिपको अन्य सबै प्रतिस्पर्धा सकिएका छन्। मस्ट पपुलर खेलाडीको बाहेक। च्याम्पियनसिपमा नेपालका तर्फबाट मस्ट पपुलर खेलाडीका लागि उनको भिडियो आयोजकले आफ्नो फेसबुक पेजमा राखेको छ।

मस्ट पपुलर खेलाडीका लागि आयोजकले सामाजिक सञ्जालमा दुई कुरालाई ध्यानमा राखेको छ– रियाक्ट र सेयर। जसको भिडियोमा धेरै रियाक्ट र सेयर आउँछ ऊ मस्ट पपुलर खेलाडी घोषित हुन्छ। त्यसैले प्रेमले पुम्सेको भिडियोलाई रियाक्ट र सेयर गर्न अनुरोध गरेका छन्

भिडियो

पपुलर खेलाडीको प्रतिस्पर्धा आउँदो मे २० तारिकसम्म रहेको छ।

सागले धेरै कुरा सिकायो

सागमा उनको टोलीले काश्य पदक प्राप्त गर्यो। ‘स्वर्णको आश थियो तर दुर्भाग्यवश पाउन सकिएन,’ उनले फोनमा सुनाए, ‘तर सागले धेरै कुरा सिकायो। यसले निरन्तर प्रयास गरिरहन सिकायो।’

उनले सागको सम्झना गर्दै भने, ‘जे होस् पदक राख्न सकियो भन्ने लाग्यो।’ उनले २०७३ सालबाट मात्र पुम्से खेल्न थालेका थिए। खेल सिकेको तीन वर्षमै राष्ट्रिय खेलाडी भएर प्रतिस्पर्धा गर्नु सजिलो थिएन।

यो पनि

 

प्रकाशित: May 14, 2020| 09:30 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।