शुक्रबार, चैत ६, २०८२

समरिमाईमा नमस्कार अभियान

विश्वव्यापी चुनौती सृजना गरेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न भारतसँग सीमा जोडिएको नेपाली गाउँमा सचेतना अभियान चलाउन थालिएको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

भैरहवा– विश्वव्यापी चुनौती सृजना गरेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न भारतसँग सीमा जोडिएको नेपाली गाउँमा सचेतना अभियान चलाउन थालिएको छ।

National life

रुपन्देही, मर्चवार क्षेत्रको समरिमाई गाउँपालिकाले कोरोनाबाट बच्न ‘नमस्कार अभियान’ सुरु गरेको हो।

गाउँपालिकामा अभियानको सुरुआत गर्दै अध्यक्ष जितेन्द्रनाथ शुक्लले अबदेखि एक अर्कालाई भेट्दा हात मिलाउने, अंगालो हाल्ने, चुम्बन गर्ने जस्ता काम नगरी केही मिटर टाढैबाट नमस्कार गर्न आग्रह गरे।

योसँगै गाउँपालिकाले स्वास्थ्य कार्यकर्ता, जनप्रतिनिधि, शिक्षक र कर्मचारीलाई कोरोना भाइरसबार जानकारी दिन र यसबाट बच्ने उपायका लागि घरघरमा खटाउने भएको छ।

अध्यक्ष शुक्लले कोरोना भाइरसबाट अहिले नै त्रसित भइहाल्नु पर्ने अवस्था नआएको तर, विश्वलाई नै चपेटामा पारेको यो भाइरसको संंक्रमण कुनै पनि बेला फैलन सक्ने भएकाले सजगता अपनाउन आग्रह गरे।

Laxmi sunrise bank
kumari

उनले भने, “अहिले नै आतंकित हुनुपर्ने अवस्था छैन तर, सजग हुनै पर्छ र यसबाट वच्ने उपायका लागि अहिलेदेखि नै पहल गर्नुपर्छ।”

विपद् व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ यादवले गाउँस्तरमा चेतनाको कमीका कारण जोखिम धेरै भएकोले सचेतना बढाउन जरुरी रहेको बताए।

करिब ४२ हजार जनसंख्या रहेको समरिमाई गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी छन्। गाउँपालिकाको रुदलापुरदेखि मुडिलासम्म करिब ८ किलोमिटर क्षेत्र भारतको ठोटरी नाकासंग जोडिएको छ । भारतमा कोरोना संक्रमणका खबर आउन थालेपछि सीमावर्ती क्षेत्रमा सचेतता बढाइएको हो।

यसैबीच कोटहिमाई गाउँपालिकाले पनि सचेतना अभियान सुरु गरेको छ।

प्रकाशित: Mar 06, 2020| 13:12 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।