आइतबार, भदौ ७, २०८३

भारतबाट चोर बाटो हुँदै २१ जना नेपाली नवलपुर प्रवेश

बौदिकाली, कावासोती, देवचुली र तनहुँको घिसिङ गाउँपालिकाका युवा कपिलवस्तुको चोरबाटो हुँदै नवलपुर आइपुगेका हुन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

भारतबाट कपिलवस्तु सीमा हुँदै २१ युवा नवलपुर आइपुगेका छन्। बौदिकाली, कावासोती, देवचुली र तनहुँको घिसिङ गाउँपालिकाका युवा कपिलवस्तुको चोरबाटो हुँदै नवलपुर आइपुगेका हुन्।

कोरोना भाइरस संक्रमण जोखिमका कारण भारतमा रहेका नेपालीलाई सरकारले घर फिर्तीमा कडाइ गरेपछि उनीहरुले चोरबाटो प्रयोग गरेका हुन्। 

सबैभन्दा धेरै बौदिकाली गाउँपालिकाका १६, कावासोती नगरपालिकाका २, देवचुली नगरपालिकाका १ र तनहुँ घिसिङ गाउँपालिकाका २ जना रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

भारतका विभिन्न सहरमा रहेका उनीहरु कपिलवस्तु सीमासम्म ट्रकमा आएका थिए। ३६ जना आएकामा २ समूहमा छुट्टिएको उनीहरुलाई उधृत गर्दै प्रहरीले बताएको छ।

सीमाबाट लुकेर आउँदै गरेका बाँकी १५ जना तनहुँका युवा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख दीपक रेग्मीले जानकारी दिए।  उनीहरुको खोजीकार्य भइरहेको छ।

देवचुली र कावासोतीका युवालाई स्थानीय तहले जिम्मा लिएर क्वारेन्टिनमा राखिसकेको छ भने बौदिकाली र घिसिङ गाउँपालिकाका युवालाई प्रहरीले बौदिकाली गाउँपालिका पठाएको छ ।

भारतबाट नवलपुर प्रवेश गरेका सबै युवाको स्वाब संकलन गरी परीक्षण गरिने नवलपुरका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए।

प्रकाशित: May 13, 2020| 22:13 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।