आइतबार, भदौ ७, २०८३

कपिलवस्तुमा संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी

कपिलवस्तुमा तीन जना सुरक्षाकर्मी कोभिड–१९ बाट संक्रमित भएका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं– कपिलवस्तुमा तीन जना सुरक्षाकर्मी कोभिड–१९ बाट संक्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिपोर्टमा कपिलवस्तुका आठ जना संक्रमित छन्। तीमध्ये तीन जना सुरक्षाकर्मी रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

एक जना सशस्त्र प्रहरी नायब निरीक्षक, एक जना नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक र एक जना राष्ट्रिय अनुसन्धान विभागका प्रहरी सहायक निरीक्षकमा संक्रमण देखिएको हो।

संक्रमित अन्य पाँच जना कृष्णनगर नगरपालिकास्थित महेन्द्र माविको क्वारेन्टिनमा बसेका व्यक्ति हुन्। उनीहरू सबैको अवस्था सामान्य छ।

प्रकाशित: May 13, 2020| 21:29 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।