आइतबार, भदौ ७, २०८३

नाकामा तीन सातादेखि अलपत्र ५१० नेपालीकाे उद्धार

नेपाल आउने बाटो कुर्दाकुर्दै सीमावर्ती भारतीय क्वारेन्टिनमा २१ दिन बसेका नेपालीमध्ये ५१० जना बुधबार बेलहिया नाकाबाट प्रवेश गरेका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

भैरहवा- नेपाल आउने बाटो कुर्दाकुर्दै सीमावर्ती भारतीय क्वारेन्टिनमा २१ दिन बसेका नेपालीमध्ये ५१० जना बुधबार बेलहिया नाकाबाट प्रवेश गरेका छन्।

उनीहरुलाई सिद्धार्थ नगरपालिका (सिनपा) र तिलोत्तमा नगरपालिका (तिनपा) ले उद्धार गरेर आआफ्नो नगरभित्र बनाइएको क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाएका छन्।

‘दुई नगरपालिका सीमामा रोकिएकालाई ल्याएर क्वारेन्टिनमा राख्न सिनपा र तिनपा तयार भएपछि अलपत्र परेकालाई प्रवेश गराएका हौं’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने।

बुधबार एक हजारभन्दा बढी नेपाली नेपाल आउने निश्चित भए पनि रुपन्देहीका केही स्थानीय तहले असहयोग गर्दा ५१० जना मात्रै आउन पाएका छन्।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले भने, ‘नेपाल प्रवेश गरेका २७७ जना सिद्धार्थनगरको क्वारेन्टिनमा र २३३ जनालाई तिलोत्तमा नगरपालिकाको क्वारेन्टिनमा राखिनेछ।’

भारतका विभिन्न ठाउँमा काम गरिरहेका नेपाली लकडाउनका कारण सीमामा रोकिएका थिए। जो जहाँ छ त्यहीं बस्ने दुई देशको समझदारीअनुसार उनीहरु नौतनवास्थित क्वारेन्टिनमा बसेका थिए।

थापाका अनुसार अब उनीहरुको क्वारेन्टिनमै पीसीआर परीक्षण गरिनेछ। नेगेटिभ नतिजा आएमा घर पठाइनेछ भने पोजिटिभ आएमा कोरोना विशेष अस्पतालमा भर्ना गरिनेछ।

सिद्धार्थनगर पालिकाले लीलाराम मावि र भैरहवा माविमा बनाइएको क्वारेन्टिनमा उनीहरुलाई राखेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए। यसैगरी तिलोत्तमा नगरपालिकाले मधवलिया माविमा बनाइएको क्वारेन्टिनमा राखिएको नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताए।

रोहिणी गाउँपालिका, मायादेवी गाउँपालिका र ओमसतिया गाउँपालिकाले भारतबाट आएकालाई क्वारेन्टिनमा राख्न नदिने बताउँदै र्आका छन्। यद्यपि ती पालिकाका क्वारेन्टिन खाली छन्।

पीसीआर परीक्षणको नतिजा नआउँदासम्म क्वारेन्टिनमा राख्न नदिने संकेत दिएका ती पालिकाको कार्यप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन्। नागरिक अगुवा भरतकुमार पोखरेलले यसरी असहयोग गर्नु मानवीय हिसाबले गलत भएको बताए।

उनले भने, ‘यो अत्यन्तै संकीर्ण व्यवहार हो।’ पोखरेलले संघ र प्रदेश सरकारले कोरोना रोकथामकै लागि दिएको बजेट कहिले खर्च गर्ने भन्दै प्रश्न गरे।

प्रकाशित: May 13, 2020| 20:10 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।