आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमित बढेपछि वीरगन्जको एक विद्यालयलाई नै आइसोलेसन वार्ड बनाइँदै

संक्रमित बढेपछि वीरगन्जको एक विद्यालयलाई नै आइसोलेसन वार्ड बनाइँदै

कोरोना भाइरसका संक्रमित थपिँदै गएपछि पर्सामा एक विद्यालयलाई नै आइसोलेसन वार्ड बनाइएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

वीरगन्ज- कोरोना भाइरसका संक्रमित थपिँदै गएपछि पर्सामा एक विद्यालयलाई नै आइसोलेसन वार्ड बनाइएको छ।

हाल प्रदेश २ मा कोरोना संक्रमितको उपचारका लागि नारायणी अस्पताल मात्रै तोकिएको छ। तर पर्सा जिल्लामै कोरोना संक्रमितको संख्या लगातार बढेपछि जिल्लाको विपद् व्यवस्थापन समितिले विद्यालयलाई प्रयोग गरेर उपचारलाई निरन्तरता दिने निर्णय गरेको हो।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीका अनुसार वीरगन्जको चिनी मिल नजिक रहेको सिद्धार्थ माध्यमिक विद्यालयलाई आइसोलेसन वार्ड बनाउने निर्णय गरिएको छ।

उक्त विद्यालयमा २ सय बेडको आइसोलेसन वार्ड बनाउन लागिएको नारायणी अस्पतालका प्रमुख चिकित्सक डा. उदयनारायण सिंहले बताए।

उनले भने, ‘हामीले नेशनल ट्रेडिङ्गलाई बनाउने भनेका थियौँ तर त्यहाँ त्यति चाडै सम्भव नभएकाले सिद्धार्थ माध्यमिक विद्यालयलाई आइसोलेसन बनाउने निर्णय गर्यौँ।’

मंगलबार १८ जना फेला परेका कोरोना संक्रमितमध्ये १७ जना घरमै रहेका छन्। बेड अभावले उनीहरुलाई अस्पताल भर्ना गर्न सकिएको छैन। संक्रमितमध्ये एक जनामात्रै अस्पताल आएका छन्।

अन्यलाई आज साँझसम्ममा सिद्धार्थ माविको आइसोलेसनमा राख्ने तयारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी कार्की, वीरगंज महानगरका मेयर विजय सरावगी, मेसु डा.मनोज उपाध्याय लागायतले नारायणी अस्पतालले नै सिद्धार्थ माध्यमिक विद्यालयको आइसोलेसनमा रहने संक्रमितलाई पनि हेर्ने निर्णय भएको छ।

स्वास्थ्य मन्त्रालयले गण्डक अस्पतालमा कोरोना संक्रमित राखेर उपचार गर्ने निर्देशन सहितको पत्र आए पनि हाल संक्रमित मध्येहरुको डिस्चार्ज भएपछि मात्रै व्यवस्थापन गर्न सकिने अस्पतालले जनाएको छ।

प्रदेश २ मा जनकपुर अस्पतालमा पनि कोरोना उपचार गर्ने तयारी गरिए पनि अहिलेसम्म सुरु भएको छैन।

प्रकाशित: May 13, 2020| 18:52 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।