आइतबार, भदौ ७, २०८३

भक्तपुरमा घरभित्रै बस्न माइकिङ, थिमी क्षेत्र सिल

भक्तपुरमा दुई जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि मानिसहरुलाई घरभित्रै बस्न अनुरोध गर्दै माइकिङ गर्न सुरु भएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

भक्तपुरमा दुई जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि मानिसहरुलाई घरभित्रै बस्न अनुरोध गर्दै माइकिङ गर्न सुरु भएको छ।

प्रहरी प्रशासनको अनुमतिमा स्थानीय युवाहरुले थिमी, दुवाकोट, बालकोट, गठ्ठाघटार, चारदोबाटो तथा सल्लाघारीका टोलटोलमा माइकिङ गर्न थालेका हुन्।

सुनसरीको रामधुनी नगरपालिका, झुम्का स्थायी ठेगाना भएकी २५ वर्षीया युवती भक्तपुरको नयाँ थिमीमा साथीको घरमा बसिरहेकी थिइन्। कोरोना पुष्टि भएपछि उनलाई राति नै टेकु अस्पताल भर्ना गरिएको छ।

कोरोना संक्रमण भएका अर्का युवा भने भक्तपुरकै दुवाकोट बस्ने सशस्त्र प्रहरीका जवान हुन्।

मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ। सो क्षेत्रमा बस्ने एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्र कार्यालयले सिल गरेको हो।

सिल गरिएको क्षेत्रमा यातायात पूर्ण रुपमा बन्द गरिएको छ। प्रहरीले सबैजसो सडक डोरी टाँगेर र बार राखेर बन्द गराएको छ। सवारी आवागमनसँगै मानिसहरुको आवतजावतमा पनि रोक लगाइएको छ।

प्रकाशित: May 13, 2020| 16:51 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।