आइतबार, भदौ ७, २०८३

सुत्केरी बोकेको एम्बुलेन्स खोलामा खस्यो

जिल्लाको कोहलपुरस्थित रोहिणी खोलामा सुत्केरी बोकेको एम्बुलेन्स खसेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

बाँके- जिल्लाको कोहलपुरस्थित रोहिणी खोलामा सुत्केरी बोकेको एम्बुलेन्स खसेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

मेडिकल कलेज कोहलपुरबाट चार दिने सुत्केरी बोकेर गइरहेको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स कोहलपुर नगरपालिकाको वडा नं. १२ स्थित रोहिणी खोलामा खसेको हो।

एम्बुलेन्स सडकदेखि झण्डै सय मिटर तल खोलामा खसेको बताइएको छ। एम्बुलेन्समा सुत्केरी प्रमिला परियार, उनकी चार दिनकी छोरी, उनका श्रीमान, ससुरा, एम्बुलेन्स चालक र अर्का एक जनासहित ६ जना सवार थिए।

दुर्घटनामा परेका सबै जना घाइते भएका छन्। उनीहरु सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रकाशित: May 13, 2020| 16:50 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।