आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सञ्चारकर्मीलाई स्वास्थ्य मन्त्रालय प्रवेश गर्न कठिन

सञ्चारकर्मीलाई स्वास्थ्य मन्त्रालय प्रवेश गर्न कठिन

अन्य समयमा कार्यालयको परिचयपत्र देखाएर सहजै समाचार संकलनका लागि प्रवेश गर्न पाउने सञ्चारकर्मीलाई अब भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालमा प्रवेश गर्न कठिन हुने भएको छ। आज (बुधबार) देखि मन्त्रालयले सञ्चारकर्मीको प्रवेशमा कडाइ गरेको हो।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

अन्य समयमा कार्यालयको परिचयपत्र देखाएर सहजै समाचार संकलनका लागि प्रवेश गर्न पाउने सञ्चारकर्मीलाई अब भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालमा प्रवेश गर्न कठिन हुने भएको छ। आज (बुधबार) देखि मन्त्रालयले सञ्चारकर्मीको प्रवेशमा कडाइ गरेको हो।

अबदेखि मन्त्रालयमा कसलाई भेट्न जाने हो, उसले बोलाएमात्रै प्रवेश पाइनेछ। मन्त्रालयको मूल गेटमै सुरक्षाकर्मीले रोकेर सोधपुछ गरी भित्रबाट अनुमति आएमात्र प्रवेश दिन थालेका छन्।

कर्मचारीहरुले पनि मन्त्रालयका प्रवक्ता, मन्त्रीका विज्ञ सल्लाहकार तथा निजी सचिवालयलाई सूचना नदिई सञ्चारकर्मीलाई भेट्न नपाउने भएका छन्।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस्तो व्यवस्था गरिएको मन्त्रालयले बताएको छ।

स्वास्थ्य मन्त्रालय सिंहदरबारभन्दा बाहिरै भएकाले सञ्चारकर्मीले सूचना विभागको परिचयपत्र बिना पनि सहजै प्रवेश पाउने गरेका थिए।

प्रकाशित: May 13, 2020| 16:14 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।