आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय तहले क्वारेन्टिन नदिँदा सीमापारि एक हजार नेपाली अलपत्र

स्थानीय तहले क्वारेन्टिन नदिँदा सीमापारि एक हजार नेपाली अलपत्र

सीमापारि अलपत्र एक हजार नेपालीलाई स्वदेश ल्याउने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देही दुई दिनदेखि अलमलमा परेको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

भैरहवा- सीमापारि अलपत्र एक हजार नेपालीलाई स्वदेश ल्याउने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देही दुई दिनदेखि अलमलमा परेको छ।

रुपन्देहीको सीमापारि सुनौलीमा रहेका नेपालीमध्ये त्यहाँको क्वारेन्टिनमा अवधि पूरा गरेका एक हजार नेपालीलाई एकैसाथ नेपाल प्रवेश गराउने तयारी भए तापनि स्थानीय पालिकाले क्वारेन्टिन प्रयोग गर्न नदिने बताएपछि प्रशासन अलमलमा परेको हो।

रुपन्देही जिल्लाका १६ पालिकाले तयार गरेको क्वारेन्टिनमा कम्तीमा २ सय जनाका दरले प्रवासी नेपालीलाई राख्ने गरी प्रशासनले नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको थियो। केही पालिकाले भारतबाट आउनेले संक्रमण फैलाउने भन्दै आफ्नो पालिकामा राख्न नदिने बताएका छन्।

जिल्लाका सबै पालिकामा २ सय जनाका दरले राख्ने तयारी गरे पनि केही पालिकाले क्वारेन्टिनमा राख्न नसक्ने बताउँदै आएका छन्।
जिल्लाको मायादेवी, रोहिणी गाउपालिकाले केही दिनअगाडि जिल्लास्तरीय संकट व्यवस्थापन समिति बैठकमा सहमति जनाए भए पनि अहिले स्थानीयले विरोध गरे भन्दै राख्न नमानेको जिल्ला प्रशासन कार्यलय रुपन्देहीका प्रवक्ता जनक थापाले बताए।

उनले भने, ‘बैठकमा उहाहरुले राख्छौं भनेकाले अरुलाई भनिएन। अहिले आएर राख्न सक्दिनँ भन्न मिल्दैन।’

क्वारेन्टिनको कम्पाउन्डभित्र उच्च सुरक्षा घेराभित्र राखिने व्यक्तिमा कोरोना भए तापनि बाहिर गाउँमा फैलिन सक्दैन। तर स्थानीयको हवाला दिँदै गाउँपालिकाहरुले प्रवासी नेपालीको व्यवस्थापनमा गरेको असहयोगले प्रश्न उठेको छ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले भने, ‘हामीले सीडीओ साबलाई हुन्छ, पठाइदिनुस् भनेका हौं तर स्थानीयले विरोध गरिरहेका छन्।’

प्रवासी नेपालीलाई धकधईको रामनरेश माविमा राख्ने तयारी गरेको रोहिणी गाउँपालिकामा यतिबेला स्थानीयले बाहिरका मान्छेलाई नल्याउन अध्यक्षलाई दबाब दिइरहेका छन्।

अध्यक्ष यादवले भने, ‘मान्छेहरुले बुझ्दैनन्। उनीहरु भन्दैछन् मान्छे होइन कोरोना ल्याउन थालेको हो भन्दै दबाब दिइरहेका छन्।’
सिद्धार्थनगर पालिकाले भने प्रवासी नेपालीलाई राख्न क्वारेन्टिन तयार गरिसकेको बताएको छ। नगरप्रमुख हरिप्रसाद अधिकारीले भने, ‘हामीले २ सय नेपालीलाई राख्न नगरभित्रका दुई विद्यालयमा क्वारेन्टिन तयार गरेका छौं।’

प्रतिमान निमा कलेज र शैक्षिक तालिम केन्द्रमा क्वारेन्टिन सञ्चालन भइरहेको छ। अधिकारीले भने, ‘अहिले पनि नगरले सञ्चालन गरेको शैक्षिक तालिम केन्द्र बसडिलवामा एक सय जना र निमा प्रतिमान कलेजमा ८७ जना छन्।’

उनले भारतबाट फर्किएका नेपालीलाई लीलाराम मावि र भैरहवा माविमा राख्ने तयाी भइरहेको बताए।

तिलोत्तमा नगरपालिकाले भारतीय भूमिमा रहेका नेपालीलाई मधवलिया माविमा क्वारेन्टिन तयार पारिएको नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताए। उनले भने, ‘१८० जनालाई मधवलिया माविमा राख्छौं। २० जना शंकर नगर दुर्गादत्तमा राख्छौं। अहिले शंकरनगर दुर्गादत्तमा २२ जना छन्।’

प्रकाशित: May 13, 2020| 16:15 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।