आइतबार, भदौ ७, २०८३

चितवनकी ६३ वर्षीया महिला कोरानामुक्त

कोरोना भाइरस संक्रमण भएर चितवनमा उपचार गराइरहेकी ६३ वर्षीया महिला बुधबार डिस्चार्ज भएकी छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण भएर चितवनमा उपचार गराइरहेकी ६३ वर्षीया महिला बुधबार डिस्चार्ज भएकी छन्। चितवनमा उनीसहित उनका २७ वर्षीय छोरा संक्रमित भएका थिए।

छोरा भने यसअघि नै निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। उनीहरुको उपचार भरतपुरको सरकारी अस्पतालको आइसोलेसन वार्डमा गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयले चितवनले सूचना जारी गर्दै चितवन कोरोनाबाट मुक्त भए पनि आवश्यक सावधानी कामयै राख्न जिल्लावासीलाई अपिल गरेको छ। चैत ३ गते बेलायतबाट आएका यी आमाछोरालाई वैशाख ५ गते कोराना संक्रमण भएको पुष्टि भएको थियो। छाेरा भने वैशाख १३ गते  डिस्चार्ज भएका थिए। 

प्रकाशित: May 13, 2020| 15:14 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।