आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा सुरक्षाका लागि हेलिकप्टरमार्फत दार्चुला पुग्यो सशस्त्रको टोली

सीमा सुरक्षाका लागि हेलिकप्टरमार्फत दार्चुला पुग्यो सशस्त्रको टोली

कालापानी क्षेत्रका लागि काठमाडौंबाट हिँडेको सशस्त्र प्रहरीको टोली दार्चुला पुगेको छ। लिपुलेक सुरक्षा छाङरुमा बिओपी राख्ने टोली आज काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो। नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंबाट हिँडेको टोली बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेको थियो।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

कैलाली - कालापानी क्षेत्रका लागि काठमाडौंबाट हिँडेको सशस्त्र प्रहरीको टोली दार्चुला पुगेको छ। लिपुलेक सुरक्षा छाङरुमा बिओपी राख्ने टोली आज काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो। नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंबाट हिँडेको टोली बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेको थियो।

दार्चुलाको व्यास गाउँपालिका-१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि टोली दार्चुला आइपुगेको हो।

भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि बिओपी स्थापना गरिने छ। केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो।

सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने छ। सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली दार्चुला पुगेको छ। सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको छैन।

प्रकाशित: May 13, 2020| 15:01 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।