आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्द्रागिरिकी संक्रमित महिलाको यस्तो छ ‘ट्राभल हिस्ट्री’

चन्द्रागिरिकी संक्रमित महिलाको यस्तो छ ‘ट्राभल हिस्ट्री’

मंगलबार राती कोरोना पुष्टि भएकी काठमाडौं चन्द्रागिरि नगरपालिका मच्छेगाउँ बस्ने महिला कञ्चनपुरबाट आएकी हुन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं– मंगलबार राति कोरोना पुष्टि भएकी काठमाडौं चन्द्रागिरि नगरपालिका मच्छेगाउँ बस्ने महिला कञ्चनपुरबाट आएकाे खुलेकाे छ।

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० हरपाल घर भएकी उनी सशस्त्र प्रहरीमा कार्यरत छन्।

वेदकोट नगरपालिकाका मेयर अशोक चन्दका अनुसार ती महिला ६ चैत्रमा काठमाडौंबाट देवर र दुई छोराछोरीसहित वेदकोट पुगेकी थिइन्।

वेदकोटबाट देवरको ब्रतबन्ध गर्न पुख्र्यौली घर डडेल्धुराको भागेस्वर जान खोजे पनि लकडाउनले उनीहरू जान पाएनन्। जसले गर्दा ब्रतबन्ध पनि स्थगित भयो।

लकडाउनले गर्दा उनी घरमै रोकिइन। बिदा सकिन लाग्दा पनि फर्किन पाइनन्।

२८ बैशाखमा काठमाडौंबाट स्वास्थ्यकर्मी र मेडिकल सामग्री लिएर सशस्त्र प्रहरीको गाडी कञ्चनपुर गयो। त्यही गाडीमा उनी काठमाडौं फर्किइन्।

फर्किने क्रममा २८ बैशाखमा उनी चढेको गाडी कोहलपुरमा बस्यो। २९ गते दुई जना चालकसहित आठ जना काठमाडौं आएका थिए।

प्रकाशित: May 13, 2020| 15:06 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।