आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका ‘फिजियोथेरापिस्ट’ पक्राउ

बलात्कारको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका ‘फिजियोथेरापिस्ट’ पक्राउ

 प्रादेशिक अस्पताल जनकपुरका एकजना ‘फिजियोथेरापिस्ट’ बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

जनकपुरधाम- प्रादेशिक अस्पताल जनकपुरका एकजना ‘फिजियोथेरापिस्ट’ बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

एक महिलालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत फिजियोथेरापिस्ट राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले महिलाले दिएको जाहेरीको आधारमा मण्डललाई पक्राउ गरिएको जानकारी दिए।

जनकपुरको एक फर्ममा काम गर्ने २७ वर्षीया महिलालाई ‘ब्ल्याकमेलिङ’ गरी पटकपटक बलात्कार गरेको आरोपमा मण्डललाई वैशाख २७ गते पक्राउ गरिएको कार्कीले बताए ।

भिडियो र तस्बिर देखाएर मण्डलले पैसा असुलेको र पटकपटक बलात्कार पनि गरेको भन्दै महिलाले उजुरी दिएपछि मण्डल पक्राउ परेका हुन् ।

सुरुमा महिलासँग मित्रता गाँसेको र त्यसपछि ‘ब्ल्याकमेलिङ’ सुरु गरेको अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले जानकारी दिए ।

मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

प्रकाशित: May 13, 2020| 14:25 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।