आइतबार, चैत ८, २०८२

प्राध्यापक नभई ‘प्राध्यापक’ लेख्दै आएका बीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीमाथि कस्तो होला कारबाही?

अध्ययन टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार प्रतिष्ठानका उपकुलपति डा. गिरीले ‘प्राध्यापक’ लेख्न पाउने कानुनी आधार नभएको बताए।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नरहेको जनाएको छ। १५ महिनाअघि प्रतिष्ठानको उपकुलपति नियुक्त भएका डा. गिरीले आफ्नो नामको अगाडि ‘प्राध्यापक’ लेख्ने गरेका थिए। 

National life

 प्रतिष्ठानमा आन्दोलनरत चिकित्सकले उनको प्राध्यापक पदवी ‘नक्कली’ भन्दै उनीमाथि कानुनी कारबाही हुनुपर्ने माग राख्दै आएका छन्।  मन्त्रालयले आइतबार जारी सूचनामा डा. गिरी प्राध्यापक भएको भन्ने कुनै प्रमाण नभेटिएको स्पष्ट पारेको हो। मन्त्रालयले गिरीमाथि प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

अध्ययन टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार प्रतिष्ठानका उपकुलपति डा. गिरीले ‘प्राध्यापक’ लेख्न पाउने कानुनी आधार नभएको बताए।
डा. गिरीले आफूले विराटनगरको विराट मेडिकल कलेजको इन्टरनल मेडिसिन डिपार्टमेन्टको प्रमुख र प्राध्यापकका रूपमा काम गरेको दाबी गर्दै आएका थिए। तर निजी संस्थालाई  प्राध्यापक पद दिने अधिकार छैन। केही समयअघि आयोग र नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानका ‘फ्याकल्टी’ बारे अध्ययन गर्न टोली बनाएको थियो। उक्त टोलीले प्रतिवेदन तयार गरेर स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको आयोगका प्रवक्ता लुइँटेलले जानकारी दिए।

अध्ययन टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार प्रतिष्ठानका उपकुलपति डा. गिरीले ‘प्राध्यापक’ लेख्न पाउने कानुनी आधार नभएको बताए।

प्रतिष्ठानका चिकित्सकले उनको पदवीको वैधानिकतामाथि प्रश्न उठाएपछि बनेको छानबिन समितिले प्राध्यापक पदवीको आधार पेस गर्न डा. गिरीलाई समय दिएको थियो। मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार दिइएको समयमा गिरीले कागजात पेस गर्न सकेनन्।

प्रकाशित: Sep 12, 2021| 14:34 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्