आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वउपप्रधानमन्त्री श्रेष्ठद्वारा सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध

पूर्वउपप्रधानमन्त्री श्रेष्ठद्वारा सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना लागि प्रयोग भइरहेका सुरक्षाकर्मी फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं- पूर्वउपप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना लागि प्रयोग भइरहेका सुरक्षाकर्मी फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। आफ्नो भन्दा राज्यको सुरक्षा प्रमुख रहेको उनको भनाइ छ।

उनले आफूले सुरक्षा खतरा महसुस नगरेको भन्दै केही बेरअघि ट्विट गरी सुरक्षाकर्मी फिर्ता लिन आग्रह गरेका हुन्। उनले आफूले कहिल्यै पनि अघिपछि सुरक्षाकर्मी लिएर नहिँडेको पनि बताएका छन्।

पूर्वप्रधानमन्त्रीका हैसियतमा उनको सुरक्षामा १० देखि १२ जनासम्म सुरक्षाकर्मी परिचालित छन्।

प्रवक्ता श्रेष्ठले भनेका छन्, 'थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिनँ। मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्त्वपूर्ण हुन्छ। त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ। यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमायाचना।'

प्रकाशित: May 13, 2020| 13:50 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।