आइतबार, भदौ ७, २०८३

कोरोना पुष्टि भएका पत्रकारसहित चार जना आइसोलेसनमा

कोरोना पुष्टि भएका जनकपुरका एक पत्रकारसहित अन्य तीन जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

जनकपुरधाम– कोरोना भाइरस (कोभिड–१९) सक्रमण पुष्टि भएका जनकपुरका एक पत्रकारसहित अन्य तीन जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ।

४० वर्षीय पत्रकार, ३५ वर्षीय पुस्तक व्यवसायी, २० वर्षीया महिला र १८ वर्षीय किशोरमा कोरोना पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा भर्ना गरिएको हो।

महोत्तरीको जलेश्वर नगरपालिका घर भएका ३५ वर्षीय पुस्तक व्यवसायी पनि जनकपुर बस्दै आएका थिए।

कोरोना संक्रमण देखिएका पत्रकार, पुस्तक व्यवसायी र महोत्तरीका किशोरलाई प्रादेशिक अस्पताल, जनकपुरमा भर्ना गरिएको छ भने २० वर्षीया महिलालाई मिथिला नगरपालिकाको लालगढस्थित क्वारेन्टिनको आइसोलसन वार्डमा राखिएको छ।

यसैगरी, कोरोना पुष्टि भएका महोत्तरीको बलवा नगरपालिका–१०, धमौरा बस्ने १८ वर्षीय किशोर केही दिनदेखि धनुषाको नगराइन नगरपालिका गंगुलीस्थित क्वारेन्टाइनमा छन्।

भारतको पटना बस्दै आइरहेको महोत्तरी घर भएका १८ वर्षीय किशोर धनुषाको नाका हुँदै वैशाख ६ गते नेपाल प्रवेश गरेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिई गंगुलीस्थित क्वारेन्टाइनमा राख्न लगाएको बताइएको छ।

यता, कोरोना संक्रमण पुष्टि भएका पत्रकारको कन्ट्याक्ट ट्रेसिङ (सम्पर्कमा आएकाको खोजी) सुरु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

“कोरोना पुष्टि भएका सबैजनालाई आइसोलेसनमा पठाइएको छ, परिवारका सदस्यहरूलाई पनि क्वारेन्टिन गरेका छौं,” निरौलाले भने, “उहाँले क–कसलाई भेट्नु भएको छ, कन्ट्याक्ट ट्रेसिङ पनि हुँदैछ ।”

कोरोना संक्रमित पुस्तक व्यवसायीको समेत कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको उनले बताए।

प्रकाशित: May 13, 2020| 13:08 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।