आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थिमी बस्ने कोरोना संक्रमित पुल्चोकको आरोग्य अस्पतालकी कर्मचारी, प्रहरीद्वारा अस्पताल सिल

थिमी बस्ने कोरोना संक्रमित पुल्चोकको आरोग्य अस्पतालकी कर्मचारी, प्रहरीद्वारा अस्पताल सिल

मंगलबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएकी भक्तपुरकी युवती ललितपुरको आरोग्य अस्पतालमा कार्यरत रहेको खुलेको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

मंगलबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएकी भक्तपुरकी युवती ललितपुरको आरोग्य अस्पतालमा कार्यरत रहेको खुलेको छ।

सुनसरीको रामधुनी नगरपालिका, झुम्का स्थायी ठेगाना भएकी २५ वर्षीया ती युवती भक्तपुरको नयाँ थिमीमा साथीको घरमा बसिरहेकी थिइन्।

कोरोना पुष्टि भएपछि उनलाई राति नै टेकु अस्पताल भर्ना गरिएको छ।

यसैबीच, प्रहरीले आरोग्य अस्पताल सिल गरेको छ।

भक्तपुरकै अर्का संक्रमित भने सशस्त्र प्रहरीका जवान हुन्। उनी नेकपा नेता भीम रावलको सुरक्षार्थ खटिएका थिए। तर, केही सातादेखि उनी विदामा थिए।

प्रकाशित: May 13, 2020| 13:10 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।