आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनुषाकी कोरोना संक्रमित लकडाउनभन्दा १० दिनअघि दिल्लीबाट आएकी थिइन्

धनुषाकी कोरोना संक्रमित लकडाउनभन्दा १० दिनअघि दिल्लीबाट आएकी थिइन्

धनुषामा कोरोना पुष्टि भएकी युवती दुई महिनाअघि भारतबाट आएको बुझिएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

जनकपुरधाम- धनुषामा कोरोना पुष्टि भएकी युवती दुई महिनाअघि भारतबाट आएको बुझिएको छ।

मिथिला नगरपालिका लालगढकी–१० माझी टोली बस्ने २० वर्षीया युवती धनुषामा रहेका ससुरा वितेपछि लकडाउन सुरु हुनुभन्दा १० दिनअघि नै श्रीमान र छोरासँगै दिल्लीबाट गाउँ फर्केकी हुन्।

होम क्वारेन्टिनमा रहेको भनिए पनि उनी एउटा भोजमा सहभागी भएको र अन्य व्यक्तिको सम्पर्कमा पुगेको बुझिएको छ।

त्यसैले उनी दिल्लीबाटै संक्रमित भएर आएकी हुन् वा उनलाई यहीं सक्रमण भएको हो एकिन हुन सकेको छैन।

‘ती महिलासहित विदेशबाट आएका सबैको तथ्यांक संकलन गरेर आरडीटी गर्न लगाएका थियौं, सबैको रिपोर्ट निगेटिभ देखियो,’ लालगढ स्वास्थ्य चौकीका इञ्चार्ज अशोक भण्डारीले भने,‘वैशाख २५ गते सबैको पीसीआर टेस्ट गर्न लगाएपछि उनमा पोजिटिभ देखिएको छ ।’

कोरोना संक्रमण पुष्टि भएकी उनलाई अहिले लालगढस्थित क्वारेन्टाइनको आइसोलेसनमा भर्ना गरिएको छ।

प्रकाशित: May 13, 2020| 12:10 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।