आइतबार, भदौ ७, २०८३

वीरगन्जमा सेना खटाएर लकडाउनमा कडाइ

प्रशासनले सुरक्षा निकाय र चिकित्सकबाहेक सबै सवारीसाधनमा जेठ ५ गते सम्मका लागि रोक लगाएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

पर्साको वीरगन्जमा नेपाली सेना परिचालन गरी लकडाउन कडा बनाइएको छ। मंगलबार दिउँसो ३९ जना र राति १८ जना नयाँ कोरोना संक्रमित फेला परेसँगै पर्सामा लकडाउन कडा बनाइएको हो।

शुक्रबार र शनिबार नेपाली सेनाको नेतृत्वमा ६ सय जनाको स्वाब संकलन गरिएकोमा ५७ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित बढेपछि मंगलबार साँझ बसेको जिल्ला प्रशासन कार्यालयको बैठकले जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो।

वीरगन्जमा २ जना पत्रकारमा पनि कोरोना संक्रमण फेला परेपछि पत्रकारका सवारीसाधनमा पनि रोक लगाइएको छ।

प्रशासनले सुरक्षा निकाय र चिकित्सकबाहेक सबै सवारीसाधनमा जेठ ५ गते सम्मका लागि रोक लगाएको छ।

प्रकाशित: May 13, 2020| 11:46 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।