आइतबार, भदौ ७, २०८३

बुटवलका डीएसपी प्रदेश प्रहरी कार्यालयमा तानिए

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भिमलाल भट्टराई कारबाहीमा परेका छन्। ड्युटीकै समयमा मादक पदार्थ सेवन गरिरहेको भेटिएपछि प्रदेश प्रहरी कार्यालय दाङले उनलाई कारबाही गरेको हो।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भिमलाल भट्टराई कारबाहीमा परेका छन्। ड्युटीकै समयमा मादक पदार्थ सेवन गरिरहेको भेटिएपछि प्रदेश प्रहरी कार्यालय दाङले उनलाई कारबाही गरेको हो।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले भने, 'उहाँलाई केही कुरा बुझ्नुपर्ने भएकोले झिकाइएको छ।' उनलाई कारबाही गरिएको बारे भने बैदवारले स्पष्ट बताएनन्।

प्रदेश प्रहरी स्रोतका अनुसार मातहतको निर्देशन नमानेको र मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएको भेटाएपछि भट्टराईलाई कारबाहीस्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको हो।

प्रदेश तथा जिल्ला प्रहरी कार्यालयले कार्यशैली सच्याउन पटक–पटक निर्देशन दिए पनि नसुधारेपछि बुधबार उनलाई कारबाहीका तानिएको हो। उनीविरुद्ध दैनिक थुप्रै मौखिक उजुरी परेको प्रहरी स्रोत बताउँछ।

लकडाउनको समयमा प्रहरी संरक्षणमा नै बुटवल क्षेत्रमा जुवा खेलाउने गरेको, कालाबजारी तथा तस्करसँग हिमचिम बढाएको र मातहतलाई समेत कमाण्ड कन्ट्रोल गर्न अक्षम देखिएको आरोप उनलाई लागेको छ।

प्रकाशित: May 13, 2020| 11:32 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।