आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको महाराष्ट्रमा एक हजार प्रहरी कोरोना संक्रमित, ७ जनाको मृत्यु

भारतको महाराष्ट्रमा एक हजार प्रहरी कोरोना संक्रमित, ७ जनाको मृत्यु

भारतको महाराष्ट्रमा कोरोनाबाट एक हजार प्रहरी संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं- भारतको महाराष्ट्रमा कोरोनाबाट एक हजार प्रहरी संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

हिजो (मंगलबार) थप २ सय २१ जनामा संक्रमण पुष्टि भएसँगै महाराष्ट्रमा कोरोना संक्रमित प्रहरीको संख्या एक हजार पुगेको छ ।

संक्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन् । बाँकी चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका छन् । संक्रमितमध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन्।

भारतको महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढि प्रभावित राज्य हो । जहाँ अहिलेसम्म २४ हजार ४ सय २७ जना संक्रमित भएका छन् भने ९ सय २१ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म ७४ हजार २ सय ९२ जना संक्रमित भएका छन् । २ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म २४ हजार ४ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित: May 13, 2020| 11:21 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।