आइतबार, भदौ ७, २०८३

जुम्लामा पूल टेष्ट, एकै दिन ८४९ जनाको पीसीआर परीक्षण

जुम्लामा एकै दिन ८ सय ४९ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

जुम्लामा एकै दिन ८ सय ४९ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।

पीसीआर मेसिनबाट परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) का निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए।

पूल टेष्ट (५ जनाको स्वावलाई एकै ठाउँमा मिसाएर) परीक्षण गरिएको थियो । ‘पीसीआर मेसिनले एक पटकमा ९४ जनाको परीक्षण गर्न सक्छ तर हामीले पुल टेष्ट विधि अपनायौंँ,’ डाक्टर रावलले भने, ‘मंगलबार विहान ८ बजे सुरु गरेको परीक्षण बुधबार विहान ३ बजे सकेका हौँ ।’

जुम्लामा भारत र तेस्रो मुलुकबाट गाउँ फर्किएका प्रायः सबै नागरिकको नमूना परीक्षण सकिएको अनुमान गरिएको छ । यसअघि जुम्लाबाट ३ सय ४२ जनाको पीसीआर गरिसकिएको छ । कोरोनाको त्रासपछि भारत र तेस्रो मुलुक गरी ६९७ जना नागरिक गाउँ फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गएको सोमबार प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुले सबै स्थानीय तहबाट ८४९ जनाको स्वाव संकलन गरेको थियो । जुम्लामा ८ वटा मात्रै स्थानीय तह छन् ।

प्रकाशित: May 13, 2020| 09:18 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।