आइतबार, भदौ ७, २०८३

नेकपाको स्थायी कमिटी बैठक 'संक्षिप्त' बस्ने

पार्टी एकतापछिको यो पाँचौं स्थायी कमिटी बैठक हो। स्थायी कमिटी सदस्यहरूले माग गरेकाले बैठक डाकिएको हो। नेकपाका २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हस्ताक्षर गरेर पत्र नै बुझाएका थिए।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आज (बुधबार) बिहान धुम्बाराहीस्थित पार्टीको मुख्य कार्यालयमा बस्दैछ। गत साता बिहीबारका लागि डाकिएको बैठक राजनीतिक प्रतिवेदन लेखनको काम नसकिएको भन्दै आजका लागि सारिएको थियो।

पार्टी एकतापछिको यो पाँचौं स्थायी कमिटी बैठक हो। स्थायी कमिटी सदस्यहरूले माग गरेकाले बैठक डाकिएको हो। नेकपाका २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हस्ताक्षर गरेर पत्र नै बुझाएका थिए।

तीव्र दबाबबीच बोलाइएको बैठक भने संक्षिप्त हुने भएको छ। सामान्यतया नेकपाको स्थायी कमिटी बैठक निकै दिन चल्छ। राजनीतिक, सांगठनिक प्रतिवेदन प्रस्तुत हुन्छन् र त्यसमा मिहीन छलफल हुन्छ।

तर, यसपटकको बैठकमा राजनीतिक, सांगठनिक प्रतिवेदन पनि प्रस्तुत नहुने बताइएको छ। कोरोना भाइरसको जोखिमका कारण बैठकलाई संक्षिप्त बनाउने तयारी नेकपाले गरेको छ। बैठक आजै सकिन सक्ने बताइएको छ। बैठकको सुरुमा अध्यक्षद्वयले आफ्ना कुरा राख्ने र केही सदस्यले बोलेपछि बैठक टुंग्याउने कार्यसूची तय भएको छ।

नेकपाका ४५ सदस्यीय स्थायी कमिटी छ र ६ जना आमन्त्रित सदस्य छन्। तीमध्ये अग्नि सापकोटा सभामुख भएका छन्। उनी बैठकमा सहभागी हुन पाउँदैनन्।

प्रकाशित: May 13, 2020| 09:09 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।