आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुर र काठमाडौंका कोरोना संक्रमितलाई राति नै टेकु अस्पताल ल्याइयो

भक्तपुर र काठमाडौंका कोरोना संक्रमितलाई राति नै टेकु अस्पताल ल्याइयो

मंगलबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएका भक्तपुरका दुई जना र काठमाडौंका एक जनालाई टेकु अस्पतालमा भर्ना गरिएको छ। तीनै जनालाई राति ३ बजे टेकु अस्पताल ल्याइएको हो।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

मंगलबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएका भक्तपुरका दुई जना र काठमाडौंका एक जनालाई टेकु अस्पतालमा भर्ना गरिएको छ। तीनै जनालाई राति ३ बजे टेकु अस्पताल ल्याइएको हो।

उनीहरुमध्ये एक जना चन्द्रागिरीकी महिला भएको खुलेको छ। उनी नेपालगञ्जबाट आएको बताइएको छ। टेकु अस्पतालका अनुसार उनी लकडाउनअघि कुनै कार्यक्रमको लागि महेन्द्रनगर पुगेकी र लकडाउनले कार्यक्रम हुन नसकेपछि वैशाख २९ गते काठमाडौं फर्किएकी थिइन्।

भक्तपुरकी २५ वर्षिया युवती पनि सुनसरीबाट वैशाख २९ गते नै भक्तपुर फर्किएकी थिइन्। भक्तपुरको सल्लाघारीमा डेरा गरेर बस्ने ती युवती सर्लाहीबाट पास मिलाएर बाइकमा काठमाडौं फर्किएकी खुलेको छ। उनी पनि लकडाउन अगावै सुनसरी पुगेकी थिइन् ।

यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष दुवाकोटका रहेको खुलेको छ। उनले आफू काठमाडौं बाहिरबाट नआएको बताएका छन्।

 

प्रकाशित: May 13, 2020| 08:37 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।