आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित बालिकाको सम्पर्कमा रहेका १०१ जनाको कैलालीमा स्वाब संकलन

कोरोना संक्रमित बालिकाको सम्पर्कमा रहेका १०१ जनाको कैलालीमा स्वाब संकलन

बर्दियामा कारोना भाइरस संक्रमित बालिकाको सम्पर्कमा रहेका १०१ जनाको कैलालीमा स्वाब संकलन गरिएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

बर्दियामा कारोना भाइरस संक्रमित बालिकाको सम्पर्कमा रहेका १०१ जनाको कैलालीमा स्वाब संकलन गरिएको छ।

बर्दियाको राजापुर नगरपालिका–५ की बालिकामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका १०१ को मंगलबार स्वाब परीक्षण गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बालिकाको सम्पर्कमा रहेका गोदावरी नगरपालिका–८ मजगाउँमा ९६ जना तथा भजनीमा पाँच गरी १०१ को स्वाब संंकलन गरिएको जानकारी दिए।

बालिका बसेको घरलगायत त्यो परिवारको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विर बहादुर कुँवरले जानकारी दिए।

कुँवरका अनुसार २१ घरधुरी रहेको सो क्षेत्रमा १ सय ३० जनाको स्वाब संकलन गरिने भने पनि भिटिएम अपुग भएका कारण मंगलबार ९६ जनाको मात्रै स्वाब संकलन गरिएको हो। बुधबार धनगढीबाट थप भिटिएम लिएर स्वाब संकलन गरिने कुँवरले जनाए।

संकलित स्वाब परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको छ।

कैलालीबाट बर्दिया पुगेकी ११ वर्षीय बालिकामा कोरोना पुष्टि भएपछि उनी बसेको मजगाउँ सिल गरिएको छ। चैत्र ५ गते आफ्नो हजुरआमासँग मजगाउँ गएकी बालिकामा सोमबार कोराना पुष्टि भएको हो।

बालिका त्यहाँ करिब ३७ दिन बसेर वैशाख १२ गते कैलालीकै भजनी मामा घरमा बसेको खुलेको छ। बालिका १६ गते बर्दिया गएपछि उनलाई क्वारेन्टिनमा राखिएको थियो।

प्रकाशित: May 13, 2020| 08:03 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।