शुक्रबार, फागुन १५, २०८२

जनकपुरका पत्रकार पनि कोरोनाबाट संक्रमित

वीरगञ्जमा दुई जना पत्रकार कोरोनाबाट संक्रमित भएकै दिन जनकपुरमा पनि एक पत्रकार कोरोनाबाट संक्रमित भएको खुलेको छ ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

वीरगञ्जमा दुई जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएकै दिन जनकपुरमा पनि एक पत्रकार संक्रमित भएको खुलेको छ ।

National life

मंगलबार बेलुका थपिएका २६ कोरोना संक्रमितमध्ये एक जना जनकपुरका पत्रकार रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

४० वर्षीय पुरुष पत्रकार लामो समयदेखि जनकपुरमै रहेको उनले बताए। घर र कार्यालय मात्रै आउजाउ गर्ने गरेका ती पत्रकारमा कसरी कोरोना सर्यो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रजिअ निरौलाले बताए ।

करिब एक हप्ताअघि पत्रकार महासंघ धनुषाबाट नेपाली सेनाको टोलीले २१ जना पत्रकारको स्वाब संकलन गरेर लगेको थियो । जसमध्ये एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित पत्रकारको परिवार र कार्यालयमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ ।

Laxmi sunrise bank
kumari

मंगलबार नै वीरगञ्जका दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: May 13, 2020| 07:19 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।