आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीको दक्षिणी क्षेत्रमा आवततजावत र पसल खोल्न रोक

रुपन्देहीको दक्षिणी क्षेत्रमा आवततजावत र पसल खोल्न रोक

रुपन्देहीको दक्षिणी क्षेत्रमा आज बुधबारदेखि आवतवतजावत र पसलहरु खोल्न पूर्ण रुपमा रोक लगाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले हुलाकी मार्गको दक्षिणी क्षेत्रमा सबै किसिमको आवतजावतमा बन्देज लगाएको हो।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

रुपन्देहीको दक्षिणी क्षेत्रमा आज बुधबारदेखि आवतवतजावत र पसलहरु खोल्न पूर्ण रुपमा रोक लगाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले हुलाकी मार्गको दक्षिणी क्षेत्रमा सबै किसिमको आवतजावतमा बन्देज लगाएको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने हुलाकी सडकको दक्षिणपट्टिको भागमा एक वडाबाट अर्को वडामा आउनजान, पसल, उद्योग धन्दा सन्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ।

कपिलवस्तुदेखि पश्चिम नवलपरासीको सीमानासम्मको रुपन्देही जिल्लामा पर्ने हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी सांस्कृतिक नगरपालिका, समरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिकाको केही क्षेत्र, सिद्धार्थनगरको केही क्षेत्र, ओमसतिया गाउँपालिकाको केही क्षेत्र र रोहिणी गाउँपालिका पर्छ।

रुपन्देहीको हुलाकी सडकको दक्षिणी क्षेत्रमा एउटा वडाबाट अर्को वडामा आवतजावतमा समेत रोक लगाइएको प्रजिअ पन्थले बताए। मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको बुलेटिनअनुसार रुपन्देहीका ९ जना कोरोना संक्रमित पुष्टि भएको थियो। उनीहरु लुम्बिनीस्थित श्रीलंकन गेस्ट हाउसको क्वारेन्टाइनमा बसेकाहरु हुन्।

यसअघि सोमबार पनि लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्राबासस्थित क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पुष्टि भएको थियो । सोमबार नै मर्चवारको समरीमाईको भैसागाहन स्थित मदरसाको क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना पुष्टि भएको थियो। रुपन्देहीमा कोरोना देखिएका सबै भारतबाट लकडाउनकै अवधिमा लुकिछिपी आएकाहरु छन् ।

यता कपिलवस्तु जिल्ला सोमबारदेखि नै सिल गरिएको छ। यसैगरी नेपालमै पहिलोपटक स्वास्थ्यकर्र्मीमा पनि कोरोना पोजिटिभ देखिएको छ । कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत एक जना २५ वर्षिय स्टाफ नर्समा कोरोना देखिएको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

प्रकाशित: May 13, 2020| 07:23 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।