आइतबार, भदौ ७, २०८३

प्रदेश २ बाट बागमती प्रवेश निषेध

प्रदेश दुई हुँदै बागमती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका बुधबारदेखि बन्द गरिने भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

हेटौंडा- प्रदेश दुई हुँदै बागमती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका बुधबारदेखि बन्द गरिने भएको छ। प्रदेशसँग जोडिएका जिल्लामा कोरोना संक्रमण फैलिएपछि मकवानपुरको कमान्ड पोस्टले चुरियामाई हुँदै हेटौंडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो।
मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अग्रसरतामा बसेको बैठकपछि लकडाउनलाई समेत कडा बनाउने निर्णय भएको छ। कमान्ड पोस्टको बैठकले अन्य जिल्लाबाट मकवानपुर प्रवेश गर्ने नाकाहरुमा समेत कडाइ गर्ने निर्णय गरेको छ। बैठकले खाद्यान्न तथा ग्यास पसल बिहान ९ बजेसम्म, औषधि तथा भेटेरिनरी एवं मलबीउ जस्ता कृषि पसललाई दिनभरि खोल्न दिने निर्णय गरेको छ।
बैठकले जेठ १ गतेबाट भने माछामासु तथा तरकारी बजार पूर्णरुपमा बन्द गर्ने, बैैंकलाई भीडभाड नहुने गरी बिहान १० देखि ३ बजेसम्म खुला गर्ने निर्णय गरेको छ।

हेटौंडाको चुरेक्षेत्रको वनबाट समेत तराइका जिल्लाबाट मानिसहरु आउने गरेको पाइएकाले उनीहरुलाई रोक्नका लागि त्यस क्षेत्रका वडा अध्यक्ष र स्थानीय समेतको समिति बनाएर नियन्त्रणको काम गर्ने निर्णय भएको बैठकमा सहभागी हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए।

प्रकाशित: May 12, 2020| 21:32 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।