आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाहिरी जिल्लाबाट काठमाडौं आउन गृह मन्त्रालयको पास चाहिने

बाहिरी जिल्लाबाट काठमाडौं आउन गृह मन्त्रालयको पास चाहिने

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्नुका साथै बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा आउन गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। काठमाडौं, भक्तपुर र ललितपुरलाई भने एकै जिल्ला मानिनेछ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्नुका साथै बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा आउन गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। काठमाडौं, भक्तपुर र ललितपुरलाई भने एकै जिल्ला मानिनेछ।

काठमाडौं उपत्यका भित्रिनुपर्ने अत्यावश्यक भए गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

यो नियम जेठ १ गते बिहीबारदेखि लागू हुनेछ।

मुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या बढेपछि गृहले मंगलबार दिउँसो यस्तो निर्णय गरेको हो। मंगलबारमात्रै ५७ जना कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित: May 12, 2020| 21:00 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।