आइतबार, चैत ८, २०८२

पढेपछि तत्काल जागिर पाइने यस्ता छन् एसईईपछिका प्राविधिक विषय

तीनवर्षे कोर्सअन्तर्गत प्रत्येक तीन वर्षमा करिब २० हजार हाराहारीमा तथा १८ महिने कोर्सअन्तर्गत करिब ३० हजार हाराहारीमा दक्ष जनशक्ति उत्पादन हुन्छन्। यसरी उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा सजिलै काम पाउने गरेका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– प्राविधिक शिक्षा राज्यलाई आवश्यक सीप युक्त जनशक्ति उत्पादनतर्फ केन्द्रित छ। रोजगार बजारमा प्राविधिक जनशक्तिको माग बढेसँगै यसतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ। 

National life

सरकारले शिक्षालाई व्यावसायिक, सीपमूलक, रोजगारीमूलक तथा जीवनोपयोगी बनाउन शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम कार्यान्वयन गराउँदै आएको छ। १५ औं योजनाले गुणस्तरीय शिक्षामार्फत सिर्जनशील, दक्ष, प्रतिस्पर्धी, उत्पादनशील र नवप्रवर्तनशील मानव स्रोतको विकास गर्ने लक्ष्य लिएको छ।

नेपालमा मात्रै नभएर प्राविधिक शिक्षा आर्जन गर्नका लागि छिमेकी भारतलगायत विश्वका विभिन्न मुलुकमा नेपाली विद्यार्थी जाने गरेका छन्। केही वर्षअघिदेखि भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडाजस्ता मुलुकमा प्राविधिक एंव व्यावसायिक शिक्षा आर्जन गर्नकै लागि हजारौंको संख्यामा विद्यार्थी गएको तथ्यांक छ। 

प्राविधिक शिक्षा जीविकोपार्जनसँग जोडिने शिक्षा हो। प्राविधिक विषय अध्ययन गर्ने र चाँडो जागिर खाने भन्ने लक्ष्यले विद्यार्थीको यसतर्फ आकर्षण बढ्दै गएको काठमाडौं विश्वविद्यालयका प्रा.डा महेशनाथ पराजुलीको भनाइ छ। 

नेपालको रोजगारी बजारमा बर्सेनि कति जनशक्ति खपत हुन्छ भन्ने तथ्यांक कुनै सरकारी निकायसँग छैन। पराजुली भने करिब पाँच लाख प्राविधिक दक्ष जनशक्ति आवश्यक रहेको बताउँछन्। तर, प्राविधिक शिक्षाको पहुँच सबै स्थानीय तहमा पुगेको छैन। प्राविधिक शिक्षा आर्जन गरेका जनशक्तिले पनि सीपअनुसारको काम पाउन नसकेको अवस्था छ। ‘रोजगार बजारमा आवश्यक प्राविधिक जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्था छ’, पराजुलीले भने।

Laxmi sunrise bank
kumari

कक्षा दसपछि विद्यार्थीले विभिन्न विषय रोज्न सक्छन्। पछिल्लो समय प्राविधिक विषय रोज्ने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। 

तीनवर्षे कोर्सअन्तर्गत प्रत्येक तीन वर्षमा करिब २० हजार हाराहारीमा तथा १८ महिने कोर्सअन्तर्गत करिब ३० हजार हाराहारीमा दक्ष जनशक्ति उत्पादन हुन्छन्। यसरी उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा सजिलै काम पाउने गरेका छन्।

प्राविधिक शिक्षा सिकाइमूलक, प्रयोगात्मक तथा व्यावहारिक हुने भएकाले यसप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको विज्ञहरुको बुझाइ छ। प्राविधिक तथा व्यावसायिक तालिममार्फत दक्ष कामदार उत्पादन गर्ने उदेश्यसहित सीटीईभीटीईका कार्यक्रम सञ्चालन भएको बताउँछन् सीटीईभीटीका प्रवक्ता विनोद बडाल। उनका अनुसार तीनवर्षे कोर्सअन्तर्गत प्रत्येक तीन वर्षमा करिब २० हजार हाराहारीमा तथा १८ महिने कोर्सअन्तर्गत करिब ३० हजार हाराहारीमा दक्ष जनशक्ति उत्पादन हुन्छन्। यसरी उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा सजिलै काम पाउने उनको भनाइ छ।

प्राविधिक विषयमा भर्ना हुन चाहने विद्यार्थीको मापदण्ड

एसईईमा अंग्रेजी, गणित र विज्ञान विषयमा ‘डी प्लस’ ल्याएका विद्यार्थीले पनि डिप्लोमा कोर्समा भर्ना हुन पाउँछन्। तर स्वास्थ्य विषयको डिप्लोमा कोर्सका लागि भने अंग्रेजी, गणित र विज्ञानममध्ये दुई विषयमा जीपीए ‘सी’ ल्याएको हुनुपर्छ। कृषि र वनमा डिप्लोमा कोर्स पढ्न अंग्रेजी, गणित र विज्ञानमध्ये दुईवटामा ‘सी’ र एउटामा ‘डी प्लस’ भए पनि भर्ना हुन पाइन्छ ।

नेपालमा उपलब्ध प्राविधिक विषय र रोजगारीको अवसर

स्टाफ नर्स : पछिल्लो समय नेपालमा नर्सिङ पेसातर्फ जनशक्तिको माग बढेसँगै अध्ययन गर्ने खोज्ने विद्यार्थीको संख्या पनि बढेको छ। यस संकायको अध्ययनपछि अस्पताल, क्लिनिक, नर्सिङ होम लगायतका स्थास्थ्य केन्द्रमा रोजगारी पाइन्छ। मर्यादित तथा सम्मानित पेसाका रुपमा लिइने स्टाफ नर्सको अध्ययन गरेका विद्यार्थीको विदेशमा समेत धेरै माग हुने गरेको छ। बिरामीको हेरचाह गर्ने दायित्व बोकेका नर्सहरुको जागिर, तलबलगायतका सुविधा व्यवस्थित हुने भएकाले यसप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको हो। यसलाई लोकसेवाअन्तर्गत पाँचौं तहमा छुट्याइएको छ। तीनवर्षे नर्सिङ त्रिभुवन विश्वविद्यालय, वीर अस्पताल, काठमाडौं विश्वविद्यालय, पीएएचएस तथा सीटीईभीटीअन्र्तगतका कलेजमा अध्यापन गराइन्छ।

हेल्थ असिन्टेन्ट (एचए) :  सीटीईभीटीबाट सम्बन्धन प्राप्त कलेजमा मात्र अध्ययन गर्न पाइने स्वास्थ्य सहायक (एचए) तीनवर्षे कोर्स हो। हेल्थ साइन्स, कम्युनिटी, व्यवस्थापन लगायतका सैद्धान्तिक तथा प्रयोगात्मक विषय अध्ययन गरिने एचएमा एसईई दिएका विद्यार्थीले अध्ययन गर्न पाउँछन्। एचएको अध्ययन पछि बीपीएच एमबीबीएसको पनि अध्ययन गर्न सकन्छ। यस्ता जनशक्तिले अस्पतालमा हेल्थ असिसटेन्ट, प्रशिक्षक, नेपाल सरकारअन्तर्गत सञ्चालित प्राथमिक स्थास्थ्य चौकीको इन्चार्ज तथा यस्ता संस्थामा सहायक पारामेडिकल स्टाफका रुपमा जागिर पाउँछ। 

ल्याब टेक्निसियन : सीटीईभीटीअन्तर्गतका कलेजमा अध्ययन गरिने यो कोर्सले अस्पताल, क्लिनिक, ल्याब लगायतका स्वास्थ्य क्षेत्रमा ल्याबसँग सम्बन्धित सम्पूर्ण कुराको परीक्षण गर्न सिकाउँछ। तीन वर्ष पढेपछि रगत, दिसापिसाब, कल्चर, सेन्सिभिटी आदिको परीक्षण गर्ने गरिन्छ। छोटो समयको अध्ययनपछि स्वदेश तथा विदेशमा रोजगारी पाउने राम्रो सम्भावना बोकेको यो विषय एसईई दिएका विद्यार्थीका लागि छनोटको विषय बन्न सक्छ।

डिप्लोमा इन फार्मेसी :  यो पनि तीनवर्षे कोर्स हो। यसमा विशेषतः स्वास्थ्य शिक्षा, समुदाय तथा फार्मेसीसम्बन्धी अध्ययन गरिन्छ। विद्यार्थीले फार्मेसीमा डिप्लोमा गरिसकेपछि आफैंले फार्मेसी खोलेर औषधि बेच्न सक्छन्। हेल्थल्याब्रोटरी तथा औषधि उत्पादन गर्ने कम्पनी, स्वास्थ्य तथा औषधि प्रयोगशाला, औषधि विभाग तथा नेपाल सरकारअन्तर्गत सञ्चालनमा रहेका सरकारी अस्पतालमा काम गर्न सक्छन्। 

रेडियोग्राफी : रेडियोलोजिकल अनुसन्धानसँग सम्बन्धित अध्ययन हुने तीनवर्षे रेडियोग्राफी कोर्स सीटीईभीटीअन्तर्गत पढाइन्छ। यस विषयमा विशेषतः एक्सरे मेसिन र रेडियो डाइग्नोसिस सञ्चालनबारे अध्यापन गराइन्छ। सीटी स्क्यान, एमआरआई जस्ता आधुनिक प्रविधिको विकाससँगसँगै स्थास्थ्य संस्था तथा अस्पतालहरुमा यस्ता प्राविधिकको माग तथा आवश्यकता बढेको छ। 

कृषि : पछिल्लो समय नेपालमा कृषिसम्बन्धी अध्ययन गर्ने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ। तीनवर्षे यो कोर्सको मुख्य उद्देश्य आधुनिक कृषि सम्बन्धी ज्ञान तथा प्रविधिको उपयोग गर्न्ु हो। कृषिमा आधुनिकता ल्याउने उद्देश्यले यस विषयलाई अध्ययनको पाटो बनाउँदा नेपालको कृषि क्षेत्रमा आमूल परिवर्तन हुन सक्छ। अध्ययनपछि कृषि मन्त्रालयअन्तर्गतका विभिन्न निकाय, गैरसकारी संस्था तथा जेटीए पदमा समेत रोजगारी पाउन सकिन्छ।

डेन्टल :  दाँतसम्बन्धी अध्यापन गराइने तीनवर्षे कोर्स सर्टिफिकेट इन डेन्टल साइन्स हो। यसमा डेन्टल हाइजिन, दाँत उखेल्ने, मिलाउने, भर्ने तथा सफा गर्ने तरिका सिकाइन्छ। यो कोर्सको पढाइ पूरा गरेपछि उच्च शिक्षाअन्तर्गत बीडीएस तथा डाक्टर पढ्न पनि ढोका खुल्छ। अस्पताल तथा क्लिनिक लगायतका स्वास्थ्य संस्थामा जागिर  पनि पाइन्छ।

ओभरसियर :  सीटीईभिटी अन्तर्गत पढाइने तीनवर्षे कोर्स ओभरसियर पनि पछिल्लो पटक विद्यार्थीको आकर्षणको विषय बनिरहेको छ। यसअन्तर्गत सिभिल, इलेक्ट्रिकल, सर्भे, इलेक्ट्रोेनिक मेकानिकल, कम्प्युटर, अटोमोबाइल, आर्किटेक्चर जस्ता इन्जिनियरिङ विधाको अध्यापन गराइन्छ। यो विषयको अध्ययन गरेकाहरुको नेपालमा अत्यधिक माग छ। यी विषय बढेपछि घर, राजमार्ग, हाइड्रोपावर, औद्योगिक क्षेत्र, कम्प्युटर जस्ता संरचनाको चित्र तथा नक्सा कोर्न जानिन्छ। 

वनविज्ञान : वनसम्बन्धी यो कोर्स सीटीईभीटीअन्तर्गत पढाइने गरिन्छ। यसको उद्देश्य नै वनजंगलको संरक्षण सम्बन्धी अध्ययन गर्नु हो। पढाइपछि वन मन्त्रालयअन्तर्गत तथा जिल्लामा रेन्जर पदमा काम गर्न सकिन्छ। उच्च शिक्षा समेत हासिल गर्न सकिने यो कोर्समा पनि विद्यार्थीको आकर्षण छ।

यीबाहेक सीटीईभीटीईले प्रमाणपत्र तहको नेत्रविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर, अकुप्रेसर जस्ता विषयमा पनि पढाउँदै आएको छ। डिप्लोमाअन्तर्गत जियोम्याटिक्स इन्ञ्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, आर्किटेक्चर इन्जिनियरिङ, बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ, एग्रिकल्चर बालीविज्ञान, एग्रिकल्चर भेटेरिनरी साइन्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट लगायतका विषयमा पनि सीटीईभीटीले पढाउने गर्दछ। 

प्रकाशित: Sep 12, 2021| 13:57 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्